कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • images
    images
    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गर्ने
    images
    images

    विराटनगर / कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम यही जेष्ठ ५ गते, सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ ।

    आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । 

    आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय समेत मन्त्रिपरिषदबाट गरिएको छ ।

    मन्त्री भण्डारीले बताए अनुसार, मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरिसकेको छ र त्यसलाई प्रदेश सभामा प्रस्तुत गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी उनले दिएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com