अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्यो : ज्ञानेन्द्र शाही

अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्यो : ज्ञानेन्द्र शाही

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • images
    images
    अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्यो : ज्ञानेन्द्र शाही
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानकोे ठाडो उल्लङ्घन गरेको बताएका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरु लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? भन्दै प्रश्न गरे । 

    यदी संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए । 

    उनले भने,‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने ? आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखिएको भरमा नै जेल हालिएको छ । नेपालको संविधानको धारा १७ को ठाडो उल्लङघन भयो कि भएन ? प्रधानमन्त्रीले नै पटक–पटक रोष्टमबाट फरक मत राख्नेहरुलाइ पक्राउ गर्छु भन्नुहुन्छ । के प्रधानमन्त्री र गृहमन्त्री साथै सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? यदी ठूलो हो भने तपाईहरुसँग बहुमत छ यो धारा संशोधन गर्नुहोस् ।’ 

    त्यस्तै, उनले संविधान पालना गर्न नसके सरकारमा बस्नुको कुनै महत्व र वैधानिक हुन नसक्ने धारणा राखे । 

    अध्यक्ष केसीलाई सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com