आज विक्रम संवत् २०८२ साल ज्येष्ठ ४ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ मे १८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, गिस्म ऋतु, श्रीशाके १९४७, ज्येष्ठ कृष्णपक्ष, षष्ठी तिथी, उत्तराषाढा नक्षत्र, आनन्दादिमा-मकर योग । चन्द्रराशि-मकर ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको समय उत्साहजनक छ। व्यापारमा नाफा बढ्नेछ र नयाँ लगानीका अवसरहरू खुल्नेछन्। पैत्रिक सम्पत्ति, भूमि वा वाहनबाट लाभ मिल्ने सम्भावना छ। विशेष भेटघाटले आर्थिक अवसर दिलाउन सक्छ। साथीभाइको सहयोगले आत्मविश्वास बढ्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउने समय हो। नोकरीमा पदोन्नति वा नयाँ प्रस्ताव आउने संकेत छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको लाभको लागि गरिएको कामले फाइदा दिलाउनेछ। प्रविधिको प्रयोगले व्यवसाय विस्तार र आर्थिक लाभमा टेवा पुर्याउनेछ। खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्स व्यापारमा राम्रो फाइदा हुनेछ। विदेश जाने तयारी सफल हुन सक्छ। लगानीबाट लाभ मिल्ने समय हो। रोकिएको पैसा फिर्ता हुनेछ भने नयाँ योजनाले पदोन्नतिमा मद्दत पुर्याउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको समय मिश्रित छ। कामको चाप बढे पनि आम्दानी न्यून रहने सम्भावना छ, जसले मन खिन्न बनाउँछ। फजुल खर्चबाट बच्नुपर्छ। लगानीमा सावधानी अपनाउनु उपयुक्त हुन्छ। स्वास्थ्यका कारण नयाँ काममा ढिलाइ हुन सक्छ। तर, निरन्तर प्रयासले पछि फाइदा दिने अवसरहरू खुल्नेछन्। शुभचिन्तकको साथले कठिनाइ पार गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज गरेको कामबाट विशेष लाभ लिन सकिनेछ। स्थायी सम्पत्ति र साझेदारी व्यापारबाट आम्दानी हुनेछ। उद्योग, व्यापार र शेयर बजारमा लगानीले फाइदा दिलाउनेछ। व्यावसायिक वा शैक्षिक यात्राबाट लाभ हुनेछ। प्रतीक्षित उपलब्धि हासिल भई मनग्गे धन आर्जन हुने समय हो। नयाँ ज्ञान र आत्मविश्वासले भविष्यका योजना सफल बन्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाको लागि गरिएको कामबाट सकारात्मक नतिजा हात पर्नेछ । व्यापार तथा आम्दानीका स्रोतहरू सक्रिय रहनाले मनग्गे फाइदा हुनेछ। पुराना समस्या सुल्झिनेछन् र रोकिएका काम अघि बढ्नेछन्। शत्रुहरू कमजोर हुनेछन् र प्रतिस्पर्धामा सफलता मिल्नेछ। बुद्धिको प्रयोगले चुनौती पार गर्न सकिनेछ। योजना गोप्य राखेर अघि बढ्दा थप सफलता प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको समय प्रेरणादायी रहनेछ। सबैको सहयोगले आत्मविश्वास बढ्नेछ र व्यापारमा लगानीबाट सोचेजस्तो लाभ मिल्नेछ। अध्ययन र बौद्धिक प्रयासमा सुधार देखिनेछ, जसले अवसर दिलाउनेछ। परिश्रमले प्रतिष्ठा र आम्दानी दुवै बढाउने समय हो। नयाँ आय स्रोतको सम्भावना छ । तर महत्त्वपूर्ण काम आफ्नै लापरवाहीले विग्रन सक्छ । सोचविचार गरी बोल्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सावधानीपूर्वक गरिएको काममा सफलता मिल्ने देखिन्छ। घरजग्गा र पैत्रिक सम्पत्तिमा विवाद बढ्न सक्छ, जसले खर्च बढाउनेछ। व्यापारमा लगानी गर्दा प्रतिफल कम हुन सक्छ, त्यसैले सोचविचार गरेर अघि बढ्नुहोला। पुराना सम्झौता नवीकरण गरेर दीर्घकालीन लाभ उठाउन सकिनेछ। साझेदारी समस्याको समाधानले केही राहत मिल्नेछ। खर्च घटाएर द्रव्य सङ्कलनमा ध्यान दिनु उपयुक्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक क्षेत्रमा गरिएको काममा उत्साहजनक सफलता मिल्नेछ। उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानीबाट मनग्य लाभ मिल्नेछ। सेवामूलक व्यवसाय अझ फस्टाउने संकेत छन्। रोकिएको पैसा फिर्ता हुने समय हो, र नयाँ योजनाले दीर्घकालीन फाइदा दिन सक्छ। आफन्त र साथीभाइको सहयोगले मनोबल बढ्नेछ। मेहनतले प्रतिस्पर्धामा सफलता मिल्नेछ, र दिगो योजनाको सुरुवात गर्न उपयुक्त समय हो।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको समय सकारात्मक रहनेछ। आयआर्जनमा वृद्धि हुनेछ र नयाँ काम थालनी गर्ने समय छ। ठूला व्यक्तिको सहयोगले महत्वपूर्ण प्रोजेक्टहरू सफल हुनेछन्। प्रतिस्पर्धीहरूलाई पछि पार्दै सफलता प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले आर्थिक फाइदा दिलाउनेछ। पारिवारिक सद्भावले मन प्रसन्न हुनेछ र सुखद समाचारले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक फाइदाको लागि गरिएको काममा सफलता मिल्नेछ। व्यापार, शेयर बजार र उद्योगमा लगानीले राम्रो नाफा दिनेछ। पारिवारिक जमघट र रमाइलोमा समय बित्नेछ। नयाँ कामको प्रस्ताव आउँदा सहयोगीहरू भेटिनेछन्। साथीभाइ र आफन्तको साथले सफलता मिल्नेछ। बोलिको प्रभावले काम सजिलै सम्पन्न हुनेछ। खर्च केही बढ्न सक्छ, तर समग्रमा आर्थिक अवस्था सुदृढ रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको समय मिश्रित रहेको छ। विदेशमा उत्पादित सामानको व्यापार फस्टाउनेछ, तर स्वदेशी सामानमा मन्दी आउन सक्छ। प्रशासन र अधिकारीको सहयोगले रोकिएका काम अघि बढ्नेछन्। कर्जा वा सरसापटबाट धन जुट्ने सम्भावना छ। यात्राको अवसर मिल्नेछ, तर स्वास्थ्य र सवारीमा सावधानी आवश्यक छ। प्रेम र पारिवारिक सम्बन्धमा मनमुटाव बढ्न सक्छ, ध्यान दिनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदाको लागि गरिएको काममा सकारात्मक नतिजा हात लाग्नेछ । पछिसम्म फाइदा हुने व्यापारमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ। रोकिएका कामहरू तीव्र गतिमा अघि बढ्नेछन्। बैंक र वित्तीय क्षेत्रमा आम्दानी बढ्ने सम्भावना छ। मेहनतले नयाँ अवसरहरू सिर्जना गर्नेछ। कृषि, पशुपालन र व्यापारबाट मनग्गे लाभ हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा मिल्ने समय हो।