काठमाडौँ / लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख – खुद्रा तथा वित्तीय सेवा दिपेश अमात्य तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपाल पे कार्डमा आबद्ध भइरहेका छन् ।
नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात लक्ष्मी सनराइज बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
एएनएस–एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरू मध्येको लक्ष्मी सनराइज बैंकले देश भरी रहेका २५४ वटा शाखा÷ २७ विस्तारित काउन्टर तथा ३२९ एटिएम टर्मिनलमार्फत ग्राहकवर्गहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।