‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    ‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम
    images
    images

    काठमाडौँ / हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रालिले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

    नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । दोस्रो हप्तामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब दुई सय शो सहित ऊनको स्वीटरले प्रदर्शन आरम्भ गरेको छ ।

    कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रुचाइएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com