प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्री पौडेलले सांसदहरूको प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्री पौडेलले सांसदहरूको प्रश्नको जवाफ दिने

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्री पौडेलले सांसदहरूको प्रश्नको जवाफ दिने

    काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धी सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ।

    images
    images

    संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, सो विषयमा वैशाख ३० गतेदेखि सुरु भएको छलफल आज सकिनेछ। बैठकमा सांसदहरूले आआफ्नो धारणा राख्ने क्रम समाप्त भएपछि अर्थमन्त्री पौडेलको जवाफ कार्यक्रम अनुसार हुनेछ।

    सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले दलीय प्रतिनिधित्वको आधारमा छलफलको समय तोकेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय