शुक्रबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको अवसर ?

शुक्रबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको अवसर ?

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    शुक्रबारको राशिफल : आज कस-कसलाई छ नाम, दाम र इनाम प्राप्तिको अवसर ?
    images
    images

    आज विक्रम संवत २०८२ साल जेष्ठ २ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ मे १६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिख्म ऋतु, श्रीशाके १९४७, जेष्ठ कृष्णपक्ष, चतुर्थी तिथी, मूल नक्षत्र, आनन्दादिमा-स्थिर योग, चन्द्रराशि–धनु ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक क्षेत्रमा स्थिरता चुनौतीपूर्ण रहन सक्छ। व्यापार खस्कन सक्छ, नयाँ लगानीका लागि समय उपयुक्त छैन। ऋण र रोगले खर्च बढ्न सक्छ। तर, दिगो फाइदा हुने योजना अघि बढाउन सकिनेछ। सानो प्रयासले ठूलो आर्थिक लाभ मिल्न सक्छ। बचत र सतर्कता अपनाउँदा भविष्यमा आर्थिक सुधार सम्भव छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    पुराना योजनामा ध्यान दिनु उपयुक्त हुनेछ। नयाँ लगानीभन्दा गरिआएको कामलाई निरन्तरता दिनुहोस्। खर्च बढ्न सक्छ, तर प्रयास गर्दा गुमेको रकम जोगाउन सकिनेछ। रोजगारका नयाँ अवसर मिल्ने सम्भावना छ। गोपनीयतामा ध्यान पुर्याउनुहोस्। मन्दिर यात्राले मानसिक शान्ति दिँदै आर्थिक निर्णयमा स्पष्टता ल्याउन सक्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आर्थिक क्षेत्रमा सुधार आउनेछ। बन्द व्यापारबाट आम्दानी बढ्नेछ र नयाँ उद्योगमा लगानीको मौका आउन सक्छ। सामान्य लाभसहित आयमूलक काम सुरु हुनेछन्। खर्च बढ्न सक्ने भए पनि आम्दानी सन्तोषजनक हुनेछ। न्यायिक निर्णय पक्षमा आउने सम्भावना छ। चुनौतीबीच पनि प्रयासले आर्थिक स्थायित्व कायम गर्न सकिनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक क्षेत्रमा नयाँ योजना र उद्योगमा साझेदारीका अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ र दिगो आम्दानीको बाटो खुल्नेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। न्यायिक पक्षमा विजय मिल्नेछ, शत्रु स्वतः किनारा लाग्नेछन्। प्रविधिको उपयोगबाट आर्थिक अवसर बढ्नेछन्। आफन्तको सहयोगले लगानी र कार्यदिशा मजबुत बन्नेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक क्षेत्रको सुरुवात मध्यम रहनेछ, तर मध्यान्हपछि लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ। नयाँ अवसरले आत्मबल बढाउनेछ र व्यापारले फाइदा दिनेछ। तत्काल ठूलो लाभ नहुन सक्छ, तर दीर्घकालीन फाइदाको आधार तयार हुनेछ। मिहिनेतले नतिजा दिन्छ, प्रतिस्पर्धीलाई पछाडि पार्न सकिनेछ। विलासी वस्तु प्राप्तिले आत्मविश्वास बढ्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आर्थिक क्षेत्रमा दीर्घकालीन सोच आवश्यक छ। तत्काल लाभको अपेक्षा नगरी पुराना कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ। जग्गा(जमिनमा लगानी लाभदायक हुन सक्छ। सानातिना समस्याले काममा ढिलाइ भए पनि दीर्घकालीन योजनाले भविष्यमा स्थायीत्व ल्याउनेछ। अवसरवादीबाट जोगिँदै सोचविचार गरेर कदम चाल्दा आर्थिक रूपले सशक्त बन्न सकिन्छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक क्षेत्रमा लाभदायक समय छ। आफन्तको सहयोगले व्यवसायमा मनग्गे आम्दानी हुनेछ। नयाँ काम सुरु गर्न उपयुक्त समय हो, लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। पुराना उपलब्धिले उत्साह बढाउनेछ, मिहिनेतले थप फाइदा दिलाउनेछ। कानुनी मामलामा सावधानी अपनाउनुहोस्। पारिवारिक आत्मीयता र सहयोगले आर्थिक स्थायीत्वमा सकारात्मक प्रभाव पार्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आर्थिक क्षेत्रमा राम्रो समय छ। व्यापारबाट प्रशस्त नाफा कमाउन सकिनेछ र लगानीका लागि अनुकूल वातावरण बन्नेछ। सम्पादित कामबाट आम्दानी बढ्नेछ। दिगो फाइदा हुने सम्झौता गर्न सकिने समय हो। थोरै मिहिनेतले पनि राम्रो प्रतिफल मिल्नेछ। नाम, दाम र इनाम प्राप्त हुने सम्भावना प्रबल छ, जुन आर्थिक स्थायित्वमा योगदान दिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    आर्थिक पक्ष सुदृढ बन्नेछ। व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ भने भौतिक सम्पत्ति र सवारीसाधन प्राप्तिको योग छ। सहयोगीहरूको साथले हिम्मत र उत्साह बढ्नेछ। नयाँ कामको अवसरले आम्दानीको नयाँ ढोका खोल्नेछ। प्रभावशाली व्यक्तिसँगको भेटले भविष्यका लागि लाभदायक सम्बन्ध बन्न सक्छ। मिहिनेतले स्थायी आर्थिक लाभ दिलाउनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    खर्च बढ्ने समय छ, तर वैदेशिक व्यापारबाट फाइदा हुने सम्भावना छ। न्यून पारिश्रमिक र धोका दिने मानिसबाट सावधानी अपनाउनुपर्छ। मानसिक शान्तिका लागि योग र ध्यान उपयुक्त छन्। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा बन्न सक्छन्। कर्जा र सरसापटबाट आवश्यक धन जुट्न सक्छ। व्यवसायमा लगानीका अवसर पनि मिल्नेछन्।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    आर्थिक क्षेत्रमा क्रियाकलाप फस्टाउनेछन् र मनग्गे आम्दानी हुनेछ। बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ। दाजुभाइको सहयोगले सवारी साधन जोड्न सहज हुनेछ। व्यापारमा फड्को मार्ने मौका छ तर केही काम रोकिएर रकम हातलागी नहुन सक्छ। समयमै सजग भएर श्रमको उचित मूल्य सुनिश्चित गर्नुपर्छ। पारिवारिक खुसी र अध्ययनमा सुधारले सफलता ल्याउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आर्थिक रूपमा सुदृढ समय छ। व्यापार र कृषि व्यवसायले मनग्गे आम्दानी दिनेछन्। पैत्रिक तथा सरकारी सम्पत्ति उपयोगले आर्थिक स्थिति मजबुत हुनेछ। नयाँ काम पाउन र सामाजिक समर्थन प्राप्त गर्न सकिनेछ। पिताको सहयोग र प्रतिष्ठित व्यक्तिहरूको साथले लक्ष्य प्राप्ति सजिलो हुनेछ। मेहनतले नाम, दाम र कीर्तिमान कमाउने मौका छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com