निलम्बित हुने प्रतिनिधिसभाका तीन सांसदहरू कोको हुन् ?

निलम्बित हुने प्रतिनिधिसभाका तीन सांसदहरू कोको हुन् ?

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • निलम्बित हुने प्रतिनिधिसभाका तीन सांसदहरू कोको हुन् ?

    काठमाडौँ / विभिन्न आपराधिक र भ्रष्टाचार मुद्दामा मुछिएपछि प्रतिनिधिसभाका तीन जना सांसद निलम्बनमा परेका छन्। बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी पनि सांसद पदबाट निलम्बनमा परेका हुन्।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणमार्फत ‘टेराम्याक्स प्रविधि’ खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढीको अनियमितता भएको भन्दै बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

    भ्रष्टाचार मुद्दा दर्ता भएको दिनदेखि बस्नेतको सांसद पद निलम्बनमा भएको हो। उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन्।

    नेपालको प्रचलित कानुन अनुसार, कुनै पनि जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार वा आपराधिक प्रकृतिको मुद्दा अदालतमा दर्ता भएलगत्तै सांसद पद स्वतः निलम्बित हुन्छ। यस्तो निलम्बन मुद्दाको टुंगो नलागेसम्म कायम रहने प्रावधान छ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन ३ बाट निर्वाचित सांसद रवि लामिछाने पनि सांसद पदबाट निलम्बनमा परेका थिए। 

    सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उच्च अदालत बुटवलको आदेशअनुसार मुद्दा दर्ता भएसँगै उनलाई थुनामा राखिएको छ। 

    लामिछानेले विभिन्न सहकारीका खाताबाट अनियमित रूपमा रकम अपचलन गरेको आरोप खेपिरहेका छन्।

    तेस्रो निलम्बित सांसद हुन् - एमालेका नेता तथा अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी। उनी भुटानी शरणार्थी काण्डमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन्। उनलाई मानव तस्करीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। 

    तीनवटै प्रकरणमा संलग्न सांसदहरू आफ्नो पद गुमाएका छैनन्, तर मुद्दा चलिरहेकाले प्रतिनिधिसभाको कार्यमा संलग्न हुन पाउँदैनन्।कानुनी प्रक्रिया पूरा नभएसम्म उनीहरूलाई ‘निलम्बित’ मानिन्छ।

    प्रतिनिधिसभाका एकपछि अर्को गर्दै सांसदहरू आपराधिक र भ्रष्टाचार प्रकरणमा मुछिनु, जनप्रतिनिधिप्रतिको विश्वासमा प्रश्न उठेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय