'टेराम्याक्स’ घोटाला प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध ३ अर्बबढीको बिगोसहित भ्रष्टाचार मुद्दा

'टेराम्याक्स’ घोटाला प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध ३ अर्बबढीको बिगोसहित भ्रष्टाचार मुद्दा

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • 'टेराम्याक्स’ घोटाला प्रकरण : पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध ३ अर्बबढीको बिगोसहित भ्रष्टाचार मुद्दा

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images
    images

    ‘टेराम्याक्स’ घोटालामा संलग्न रहेको आरोपसहित बस्नेतविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

    पूर्वमन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अन्य १६ जनालाई प्रतिवादी बनाई मुद्दा चलाइएको हो। आयोगले उनीहरूबाट कुल तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो असुल गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको हो।

    अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गत भ्रष्टाचारको कसूरमा अभियोजन गरिएको छ। आरोप प्रमाणित भएमा कानुनअनुसार ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय र बिगोबापत जरिवाना हुने व्यवस्था छ।

    0.JPG00.JPG000.JPG0000.JPG01.JPG02.JPG03.JPG04.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय