नेपाली सडकमा ५०० भन्दा बढी सेरेस इभिहरू : २०२६ मा ३ नयाँ इभिहरू ल्याइने

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस इभिहरू : २०२६ मा ३ नयाँ इभिहरू ल्याइने

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • नेपाली सडकमा ५०० भन्दा बढी सेरेस इभिहरू : २०२६ मा ३ नयाँ इभिहरू ल्याइने

    काठमाडौँ / अन्तर्राष्ट्रिय स्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस इभिहरू पुगेको महत्त्वपूर्ण उपलब्धिको घोषणा गरेको छ। 

    images
    images

    यो उपलब्धिले सेरेसको तीव्र विकास र नेपालको दिगो यातायातप्रतिको चासो झन् बढ्दै गएको सङ्केत गर्दछ। उक्त सफलताको अवसरमा सेरेसले एक विशेष  समारोह आयोजना गरिएको थियो। 

    कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरिया र सिइओ प्रशन्न पन्तलगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    सो अवसरमा एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकरियाले भने, “नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु भनेको हाम्रो दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नविनतम इभि सोलुसन्सको प्रमाण हो।” 

    उक्त उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रष्ट पार्ने बताए । 

    सिकरियाले थपे, “नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ। सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाईसँग मेल खान्छ।”

    सिलिकन भ्यालीबाट सुरु भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ र यूरोपमा प्रवेश गर्ने पहिलो चिनियाँ इभि ब्रान्ड समेत बनिसकेको छ। 

    सो ब्रान्डले अमेरिका, चीन र इन्डोनेसियामा ६ वटा विशाल उत्पादन केन्द्र र अमेरिका, चीन, जर्मनी तथा जापानमा ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालन गरिरहेको छ। सेरेस ग्रुप चीनका नाफामा रहेका थोरै गाडी निर्माता कम्पनीहरूमध्ये एक हो। 

    सन् २०२५ को पहिलो त्रैमासिकमा कम्पनीले १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेर आफ्नो आर्थिक स्थायित्व र बजारको पकड प्रष्ट पारेको छ।

    अबको योजना अनुसार सेरेस ग्रुपले सन् २०२६ भित्र M7, M8 र M9 गरी तीन नयाँ इभि मोडलहरू सार्वजनिक गर्नेछ जसले यसको इनोभेटिभ लाइनअपलाई थप विस्तार गर्नेछ। सेरेसको गुणस्तर र नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय रूपमा पनि मान्यता मिलिरहेको छ। 

    इन्डोनेसियामा सेरेसले ‘फेभरेट कार लन्च’, ‘मोस्ट अफोर्डेबल कार’ र ‘फेभरेट कमर्सियल भेहिकल’ जस्ता तीन प्रमुख इभि अवार्डहरू जितेको छ। 

    यसले कम्पनीको उत्कृष्टता, ग्राहक सन्तुष्टि र कम मूल्यमै विशिष्टता दिन सक्ने क्षमतालाई बलियो बनाएको छ।

    हालै सेरेस घ लाई इन्डोनेसिया, हङकङ, रुस र नर्वे जस्ता मुलुकहरूमा सार्वजनिक गरिएको छ जसले सेरेसको विश्वव्यापी प्रभावलाई अझ फराकिलो बनाएको छ। नेपालमा सेरेसले कठिन भौगोलिक चुनौतीहरूमा आफ्नो शक्ति प्रमाणित गरिसकेको छ। 

    ४ हजार ६६० मिटर उचाइमा रहेको कोरला पास पार गर्ने पहिलो ईभी बनेर सेरेसले चरम परिस्थितिमा समेत आफ्नो क्षमता प्रदर्शन गरेको छ।

    नेपाल दिगो एवम् वातावरणमैत्री भविष्यतर्फ अग्रसर भइरहँदा सेरेसले स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै विश्वस्तरीय मापदण्डहरू पनि पूरा गर्ने स्मार्ट, सुरक्षित र स्टाइलिस विद्युतीय सवारीसाधनहरू नेपाली प्रयोगकर्तासमक्ष ल्याइरहने छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय