चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्रै

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्रै

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • images
    images
    चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्रै
    images
    images

    चितवन / चितवनको समग्र विकासका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा जम्मा ४४ दशमलव ८० प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले साउनयता हालसम्म पुँजीगत खर्च रु तीन अर्ब ९६ करोड ७३ लाख ५६ हजार ९२० भएको जनाएको हो ।
     
    जिल्लाको समग्र विकासका लागि रु आठ अर्ब ७८ करोड ४४ लाख ११ हजार ६९१ विनियोजन गरिएको थियो ।

    जिल्लाका विकास निर्माण गर्ने आयोजनाले निर्माणको काम गरिरहेको भए पनि भुक्तानी मागको काम आवको अन्त्यमा गर्ने भएकाले पुँजीगत खर्च कम भएको कोष नियन्त्रक ऋषि अधिकारीले जानकारी दिए । 
     
    यो कार्यालयले चालु आवमा चालु खर्च ८० दशमलव २१ प्रतिशत गरेको छ । चालु खर्चका लागि रु १३ अर्ब छ करोड ७१ लाख २४ हजार ९८० विनियोजन गरिएकोमा रु १० अर्ब  ५१ करोड ९५ लाख २० हजार ८१० खर्च भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com