काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक बुधबार १३.९६ अङ्कले घटेर २६२०.२७ को विन्दुमा कायम भएको हो ।
आज ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर १ लाख १२ हजार ५७७ पटक खरिद बिक्री हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार ५०५ बराबरको कारोबार भएको हो ।
विकास बैंक समूह १.१९ र अन्य समूह २.४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ५९ करोड ३२ लाख ९५ हजार ८१६ बराबरको सेयर किनबेच भएको छ ।
त्यस्तै, कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ९४ हजार चार सय ७१ कित्ता खरिदबिक्री भएको छ ।