यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

    रामेछाप / गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ । 

    images
    images

    रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाकारी दिए । 

    असोजमा आएको बाढीले बिगारेको सडक अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएकोमा आइतबार रातिको वर्षापछि आएको बाढीले सोमबार आधा दिनसम्म सडक अवरूद्ध भएको थियो । काभ्रेको रोशी गाउँपालिकाको माम्तिमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो । 

    bp road.JPG

    आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई छ । एक हप्ताभित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यसपछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।

    ‘दशैँमा यातायात सञ्चालन गराउनको लागि खोलाको बगरमा नै डाइभर्सन बनाएका थियौँ, अब यसलाई पहिलाको रोडको उचाइमा उठाएर वर्षामा पनि यातायात साधन चल्ने बनाउँछौँ’, उनले भने । 

    स्थायी रूपमा सडक निर्माणको लागि पनि टेण्डर भइसकेको बताउँदै उनले अब सो क्षेत्रमा डबल लेनको सडक बन्ने जानकारी दिए । निर्माण व्यवसायीले वर्षा सकिने बित्तिकै सो काम थाल्ने उनले बताए । 

    बिपी मार्ग काठमाडौँबाट पूर्व जाने सबैभन्दा छोटो सडक हो । अत्यधिक सवारी चाप हुने सो सडक वर्षाको कारण अवरूद्ध हुँदा धेरै यात्रीहरू समस्यामा पर्ने गरेका छन् । यसमा सरकार र सरोकारवालाको गम्भीर ध्यान जानु पर्ने यात्रीहरूको भनाइ छ । 

    असोज महिनामा आएको बाढीले रोशी गाउँपालिका क्षेत्रमा १० किलो मिटर बढी सडकमा क्षति पु-याएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा बताउँछन् । 

    bp highway.JPG

    वर्षाको समयमा पनि गाडी चल्ने बनाउन सडक डिभिजनले काम गरिहरेको उनले बताए । ‘यातायात सुचारू राख्न सडक डिभिजनले पहल कदमी गरिरहेको छ, अस्थायी रूपमा बाटो सञ्चालन गर्ने कार्य अन्तिम चरण पुगेको छ, तै पनि बेला बेलामा समस्या आउन सक्छ, गाउँपालिकाको तर्फबाट हामी सबै खालका सहयोग र सहजीकरण गर्न तयार छौँ’, उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय