जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • images
    images
    जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
    images
    images

    काठमाडौँ / लगानी कम्पनी वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टले रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले आयोजना गर्न लागेको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहकार्य गरेको छ । 

    जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको हो । 
    पछिल्लो जलवायु समस्या बढ्दै गएको र यो जलवायुको मात्र नभइ मानवताको मुद्दा भएको वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टका अध्यक्ष बासुदेव गौतमले बताए ।

    ‘यो केवल जलवायुको समस्या होइन । यो मानवताको मुद्दा हो,’ उनले भने, ‘हामी त्यस्तो विकासमा विश्वास गर्छौं, जसले मानिस र प्रकृति दुवैलाई समेट्छ । त्यसैले हामी रोटरी मिड–टाउनसँग अर्थपूर्ण कार्यक्रममा सहकार्य गरेका हौं ।’

    रोटरी क्लब अफ काठमाडौँ मिड–टाउनले च्यारिटी स्वरूप सोल्टी होटलमा जेठ ११ गते हुने ‘एन इभनिङ फर द गुड अर्थ’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा संकलन भएको रकम जलवायु कार्यक्रम र जनचेतना अभिवृद्धि परियोजनामा खर्च गरिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com