गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेनद्रराज पाण्डेले भनेः सरकारले ब्यापार गर्ने, उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो

गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेनद्रराज पाण्डेले भनेः सरकारले ब्यापार गर्ने, उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेनद्रराज पाण्डेले भनेः सरकारले ब्यापार गर्ने, उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो

    गण्डकी प्रदेशका मूख्यमन्त्री सुरेनद्रराज पाण्डेले सरकारले ब्यापार गर्न नहुने बताएका छन् । उनले उद्योग धन्दा सरकारले आफैंले खोल्ने होइन भन्दै निजी क्षेत्रलाई सहजीकरण गरिदिने बताएका छन् । नेपाल विद्युतिय व्यवसायी महासंघको १५ औं साधरण सभामा सम्बोधन गर्दै निजी क्षेत्रलाई प्रोत्साहित  गर्नु पर्ने धारणा रोखे । जति निजी क्षेत्रको लगानी बढ्छ, त्यति सरकारको राजस्व बढ्छ, राजस्व बढ्यो भने मात्र सरकारले विकास निर्माणको कार्य गर्नसक्छ, उनले भने ।  कार्यक्रममा निजी क्षेत्रलाई ढुक्क व्यवसाय गर्ने वातावरण बनाइदिने प्रतिबद्धता समेत दिए । 

    images
    images

    उनले विद्युत उत्पादनमा सह लगानीको प्रस्तावसमेत ब्यवसायीहरुलाई राखे । 

    सन् २०३० सम्ममा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य रहेको तथा नाफा घाटा मात्र नभई दैनिक जीवनमा समेत प्रभावित पार्ने व्यवसाय भएकाले, विद्युतीय व्यवसायको भविष्य उज्ज्वल रहेको बताए । अन्य व्यवसाय जस्तो यस व्यवसायमा आर्थिक मन्दीले ठूलो असर नगर्ने बताउँदै उत्साहित भएर व्यवसायमा लगानी बढाउन अनुरोध गरेका छन् । 

    सबैलाई सजाय दिनुपर्छ भन्नेमा मानसिकता भएका व्यक्तिहरूबाट कानुन बनेको महसुस भएको स्वीकार्दै विद्युतीय व्यवसायीलाई कानुन र भन्सारमा रहेको समस्या समाधान गर्न संघीय सरकार समक्ष गण्डकी प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाए । 

    गण्डकी प्रदेशमा लगानी गर्दा प्रदेश सरकार अन्तर्गत सम्बन्धित निकायका कारण लगानी मैत्री वातावरण नभएमा, प्रशासनिक झन्झट परेमा, व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भएमा हामीलाई भन्नुहोस्, हामी याहाँहरुसंग छलफल गरी कानुनमा आवश्यक संशोधन गर्न तयार रहेका छौं भन्ने प्रतिबद्धता जनाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय