आज विक्रम संवत २०८२ साल वैशाख ३१ गते, बुधबार, ईश्वी सन् २०२५ मे १४ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, जेष्ठ कृष्णपक्ष, द्वितीय तिथि, अनुराधा नक्षत्र, आनन्दादिमा–सौम्य योग, चन्द्रराशि–बृश्चिक ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको चुनौतीपूर्ण देखिन्छ। आयको अपेक्षा अनुसार आम्दानी नहुन सक्छ, खर्चमा सावधानी आवश्यक छ। सरकारी वा कानुनी काममा जटिलता आउन सक्छ। स्वास्थ्यमा कमजोरी र थकान महसुस हुनेछ, खानपान र आराममा ध्यान दिनुहोला। जोखिमपूर्ण निर्णयभन्दा स्थिर योजनामा केन्द्रित हुनु राम्रो हुनेछ। व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा काम प्रभावित हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन सामान्यतयाः लाभदायक रहनेछ। उद्योग, व्यापार तथा सेयरबजारमा लगानीको राम्रो अवसर आउन सक्छ। साझेदारीमा सुरु गरिएको व्यवसायबाट आम्दानी बढ्नेछ। आयका नयाँ स्रोत फेला पर्नेछन्। भौतिक सम्पत्तिको प्रयोगले सामाजिक प्रभाव जमाउन सकिनेछ। तर, विलासिता बढ्दा खर्च पनि बढ्न सक्छ, खर्चमा सन्तुलन राख्नु उपयुक्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक रूपमा सकारात्मक प्रगति देखिनेछ। नयाँ योजनाहरू स्वस्फूर्त रूपमा अघि बढ्नेछन्। पढाइ र प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ। घरपरिवारको सहयोगले आत्मविश्वास बढ्नेछ। ऋण दिनभन्दा बच्नुपर्छ। काममा आलस्य नगर्नुहोस्। चुनौतीहरू बीच पनि आर्थिक स्थायित्व कायम राख्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन शिक्षा, व्यापार र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययनमा रुचि बढ्नेछ र लगानी फस्टाउनेछ। सेयरबजार, बैंक तथा सेवामूलक क्षेत्रमा आम्दानी हुनेछ। व्यापारमा फाइदा र रोजगारीमा बढुवाको योग देखिन्छ। शुभचिन्तकको साथले लक्ष्य प्राप्ति सहज हुनेछ। बौद्धिक क्षमताले नयाँ अवसर पहिल्याउने समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन आर्थिक र व्यावसायिक निर्णयमा सावधानी आवश्यक छ। लगानी गर्दा प्रतिफल ढिलो मिल्नेछ र सङ्घर्ष बढ्न सक्छ। आवेगमा निर्णय नगर्नुहोला, हतारले समस्या निम्त्याउन सक्छ। पारिवारिक मतभेदले काममा प्रभाव पार्न सक्छ। परिस्थिति बुझेपछि मात्र कदम चाल्नु राम्रो हुनेछ। सन्तुलित व्यवहारले जोखिम कम गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ। सानो प्रयासबाट पनि राम्रो लाभ मिल्नेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। बुद्धिको प्रयोगले धन र भौतिक सम्पत्तिमा वृद्धि हुनेछ। पढाइमा प्रगति हुनेछ र रोकिएका काम सम्पन्न हुनेछन्। सहयोगीको साथले काम सहज हुनेछ, अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन सिर्जनात्मक क्षेत्रका लागि फलदायी रहनेछ। गीत, संगीत, कला तथा साहित्यमा लाग्नेहरूले ख्याति र लाभ दुबै प्राप्त गर्नेछन्। व्यापार फस्टाउनेछ र आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। अध्ययन तथा अनुसन्धानमा प्रगति हुनेछ। बोलीमा सावधानी अपनाउनुहोस्, आत्तिने बानीले अवसर गुम्न सक्छ। मिहिनेतले दीर्घकालीन लाभ मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन आर्थिक र सामाजिक दृष्टिले सकारात्मक रहनेछ। व्यापार, शेयरबजारमा लगानी लाभदायक हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ भने आम्दानीका स्रोतहरू विस्तार हुनेछन्। पारिवारिक जमघटले आत्मीयता बढ्नेछ। पढाइमा सुधार आउनेछ। राजनीति तथा समाजसेवामा जनताको साथ मिल्नेछ। आलस्य त्यागेर अवसरको सही उपयोग गर्नु उपयुक्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मिश्रित फल दिनेछ। प्रतिस्पर्धामा पछि पर्न सकिने भएकाले योजना र तयारीमा ध्यान दिनुहोला। परिवारमा सानो मनमुटाव सम्भव छ, तर विदेश यात्रा वा वैदेशिक व्यापारमा सफलता मिल्नेछ। स्वदेशी व्यापारमा समय र प्रयास बढाउनुपर्ने देखिन्छ। खर्च बढ्न सक्छ, तर आवश्यक परेमा कर्जा वा सरसापटबाट समाधान मिल्नेछ। योजनामा ढिलासुस्ती नगरी सावधानीपूर्वक अघि बढ्नु हितकर हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन भौतिक सम्पत्तिमा लाभ हुने योग छ। पढाइमा सुधार र व्यापारमा लगानीले आम्दानीका नयाँ स्रोतहरू खोल्नेछन्। सरकारी वा पैत्रिक सम्पत्तिमा हात पार्ने सम्भावना पनि छ। नोकरी वा पेशामा साना बाधाहरू आउन सक्नेछन्, तर युवा वर्गलाई करियर बनाउने राम्रो अवसर प्राप्त हुनेछ। मिहिनेतको फल मिल्नेछ र कम लगानीमा पनि नाफा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन आर्थिक र सामाजिक दृष्टिले फलदायी रहनेछ। सरकारी वा पैत्रिक सम्पत्ति प्रयोग गरेर रोजगार सिर्जना गर्न सकिनेछ। बुद्धिको प्रयोगले राजनीतिमा पद पाउने योग छ, र प्रतिष्ठित व्यक्तिहरूसँगको सहयोगले सफलता ल्याउनेछ। व्यापारमा नाफा र व्यापारिक क्षेत्रमा नाम र दाम कमाउने समय हो। नयाँ काममा सफलता र सहयोग पाइनेछ, र मिहिनेतले राम्रै परिणाम दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन विद्यार्थीहरूका लागि पढाइमा राम्रो प्रगति हुनेछ। आध्यात्मिकतामा रुचि बढ्नेछ। व्यापारमा लगानीको राम्रो अवसर आउन सक्छ। सरकारी र प्रशासनिक क्षेत्रमा तपाईंको सहभागिता उच्च स्तरको रहनेछ। सामाजिक र धार्मिक कामले प्रतिष्ठा दिलाउनेछ, र जिम्मेवारीको परिणाम केही समयपछि देखा पर्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।