बन्दीपुर / तनहुँ जिल्लाको डुम्रे बजारबाट करिब ८ किलोमिटर उकालोमा अवस्थित, नेपालको एक ऐतिहासिक र सांस्कृतिक महत्वको सहर हो । यो तनहुँको पुरानो सदरमुकाम समेत हो । यो सहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो ।
तनहुँ, कास्की, लमजुङ र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको बन्दीपुरको प्रयोग गरिएको छ ।
यसलाई 'पहाडकी रानी' भनेर चिनिन्छ, जुन उपमा यसको प्राकृतिक सौन्दर्य, नेवारी वास्तुकला, र हिमाली दृश्यका कारण प्राप्त भएको हो।
पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा गरिएको छ ।
बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा जतिसक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक गतिविधि बढाउने उद्देश्यले गाउँपालिकाले भ्रमण वर्ष घोषणा गरेको थियो ।
बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवर्द्धन गर्ने गाउँपालिकाको लक्ष्य छ ।
भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेजसमेत बनाइएको छ ।