नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो, रस छैन : सांसद ढकाल

नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो, रस छैन : सांसद ढकाल

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • images
    images
    नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो, रस छैन : सांसद ढकाल
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् । 

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज भएको बताए । 

    ‘सरकारको नीति तथा कार्यक्रमको दस्तावेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्तावेज हो । यो दस्तावेज अर्कमन्यतालाई स्वीकृति प्रदान गर्न, कर्मकाण्डी प्रकृयामा प्रस्तुत भएको दस्तावेज हो,’ उनले भने ।  

    त्यस्तै, उनले आफूले दुई वर्षको नीति कार्यक्रममा राखेका धारणाहरू आज आएर प्रमाणीत भएको धारणा बताए । नीति कार्यक्रममा बुद्दा नं १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको नीतिहरूमा रस नरहेको उनको भनाई छ । 

    उनले भने,‘विगतको दुई वर्षको नीति कार्यक्रममा मैले राखेका धारणाहरू रेकर्डमा सुरक्षित छन् । ती विषयहरू आज प्रमाणित भएका छन् । यो नीति कार्यक्रम बुँदा नम्बर १३ देखि २१ सम्म कृषि क्षेत्रको विषयमा तय गरिएको निरस नीतिहरू छन् । रस छैन ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com