नेप्से परिसूचक १२ अङ्कले घटेको बजारमा ११ अर्ब ६५ करोडको कारोबार, कसले कति गुमाए ?

नेप्से परिसूचक १२ अङ्कले घटेको बजारमा ११ अर्ब ६५ करोडको कारोबार, कसले कति गुमाए ?

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • images
    images
    नेप्से परिसूचक १२ अङ्कले घटेको बजारमा ११ अर्ब ६५ करोडको कारोबार, कसले कति गुमाए ?
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक १२.०४ अङ्कले घटेर २६६१.६४ को विन्दुमा कायम भएको हो ।

    आज ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर १ लाख ३ हजार ३१९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आजको कारोबारमा बैंकिङ ०.८२, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.१४, लगानी ०.०४, लघुवित्त ०.१३, निर्जीवन बिमा ०.१७, व्यापार दुई र अन्य समूहको उपसूचक १.८१ प्रतिशतले घटेको छ ।

    आज सबैभन्दा बढी वित्त समूह ४.३० प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत् ०.०३, जीवन बिमा ०.०१, उत्पादन तथा प्रशोधन ०.१७ र म्युचुअल फण्ड ०.०७ प्रतिशतले बढेको छ ।

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ७८ करोड ४५ लाख ९६ हजार ४१३ बराबरको कारोबार भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com