जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी

जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • images
    images
    जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सहकार्यको समझदारी
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । 

    काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो । 

    सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यवसायिक निरन्तर योजना कार्यन्व्यनका लागि पहल गरिने बताए । 

    उनले भने, ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सो संग सम्वन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकासंग पहल गर्न आवश्यक छ ।’

    अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरुमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बिमा लगायतका व्यवस्थाहरूमा सचेतना जगाउनुपर्ने बताए ।

    युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको बिपद प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताए । 

    जलवायु परिवर्तनले औद्योगिक र व्यवसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाई छ । 

    नेपाल चेम्बर र युएनडीपीले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जिविकोपार्जनबारे सहकार्य गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com