अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य

अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य

बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य

    इटहरी / कोशी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले ‘कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२’ स्वीकृत गर्दै अबदेखि प्रदेशभित्र सञ्चालन हुने सबै वर्कसप र ग्यारेजलाई कानुनी दायरामा ल्याउने निर्णय गरेको छ । 

    images
    images

    आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार वर्कसपहरूले अब यातायात व्यवस्था कार्यालयबाट अनुमति अनिवार्य रूपमा लिनुपर्नेछ भने कारखानाहरूले सम्बन्धित मन्त्रालयबाट स्वीकृति प्राप्त गरेपछि मात्र सञ्चालन गर्न पाउने छन् ।

    यो निर्देशिका ल्याउने उद्देश्य ग्यारेज र कारखानाको अव्यवस्थित सञ्चालनमा रोक लगाउनु, राजस्व प्रणालीलाई व्यवस्थित बनाउनु र व्यवसायीहरूलाई कानुनी स्पष्टता दिनु रहेको मन्त्री भण्डारीले बताए । 

    मन्त्री भण्डारीले भने, ‘हामीले वर्कसप तथा कारखाना व्यवसायीहरूसँगको परामर्शका आधारमा यो निर्देशिका ल्याएका हौँ । यसले व्यवसायीहरूलाई कानुनी अन्योल र झन्झटबाट मुक्त गर्नेछ ।’

    उनका अनुसार अहिलेका धेरै ग्यारेजहरू स्थानीय तहमा व्यवसायीक करबाहेक अन्य कुनै नियमनमा नपर्ने गरेका छन् । कतिपयले दर्ता नै नगरी सञ्चालन गरिरहेका छन्, जसले अनुगमन तथा कर प्रणालीमा समस्या ल्याएको बताइएको छ ।

    अबदेखि कार्यालय वा संस्थाले सवारी मर्मतका लागि प्रयोग गर्ने वर्कसप पनि प्रदेशमा विधिवत् दर्ता भएको हुनुपर्नेछ । यस निर्देशिका लागू भएसँगै प्रदेश सरकारले अनुगमन प्रक्रिया पनि तीव्र पार्ने जनाएको छ ।
    यस कदमले व्यवसायिक अनुशासनसँगै नागरिक सुरक्षालाई समेत बलियो बनाउने सरकारको दाबी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय