आज विक्रम संवत २०८२ साल बैशाअख २४ गते, बुधबार, ईश्वी सन् २०२५ मे ७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष, दशमी तिथि, दिउँसो १ बजेर ५ मिनेट उप्रान्त एकादशी, पूर्वाफाल्गुनी नक्षत्र, बेलुकी ८ बजेर ४७ मिनेट उप्रान्त उत्तरफाल्गुनी, आनन्दादिमा–स्थिर योग, चन्द्रराशि–सिंह ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा प्रगतिका अवसर छन्। वैदेशिक रोजगारी र जग्गा जमिनको कारोबार लाभदायक देखिन्छ। आफन्तको सहयोग र समाजोपयोगी कार्यले प्रतिष्ठा बढाउनेछ। खर्च र स्वास्थ्यमा सतर्कता आवश्यक छ। मिहिनेतको प्रतिफल ढिलो भए पनि प्राप्त हुनेछ। अवसरहरूलाई उपयोग गर्न चुनौतीसँग जुध्नुपर्नेछ। बचत र लगानीमा विवेक अपनाउनु बुद्धिमानी हुनेछ। गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्साहजनक छ। व्यापार, कृषि, र पशुपालनबाट मनग्गे आम्दानी हुने संकेत छ। रोजगारी र प्रतिस्पर्धामा सफलता मिल्नेछ। शुभचिन्तकहरूको सहयोगले कार्यमा गति मिल्नेछ। हतारको निर्णयले अप्ठ्यारो ल्याउन सक्छ, सजग रहनु उपयुक्त हुनेछ। विशेष योजना गोप्य राख्दा लाभ हुनेछ। दिगो प्रयासले राम्रो प्रतिफल पाउने सम्भावना छ। रोजगारीका नयाँ अवसरहरू मिल्नेछन्। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक र सामाजिक दृष्टिले आजको दिन उत्साहजनक देखिन्छ। सानो प्रयासले ठूलो लाभ मिल्ने सम्भावना छ। शेयरबजार, व्यापार, र कृषिबाट आम्दानी बढ्न सक्छ। छिमेकी र आफन्तको सहयोगले काममा जोश बढ्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ भने नयाँ काम सुरु गर्न अनुकूल समय हो। आत्मबल बढ्नेछ, तर निर्णय लिनुभन्दा अघि सल्लाह लिनु बुद्धिमानी हुनेछ। कृषिमा कामको चाप देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक र सामाजिक उन्नतिमा सकारात्मक समय रहेको छ। तार्किक क्षमता र मेहनतको मूल्याङ्कन हुँदै धन आर्जनका नयाँ अवसर खुल्नेछन्। कला, संगीत, तथा अध्ययनमा प्रगति हुनेछ। कृषि र पशुपालन लाभदायक देखिन्छ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। योग र व्यायामले ऊर्जामा वृद्धि ल्याउनेछ। पारिवारिक वातावरण रमाइलो हुनेछ भने प्रेम र सम्बन्ध सुदृढ बन्नेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शिक्षा, व्यवसाय, र सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने संकेत देखाउँछ। व्यवसायमा आम्दानी बढ्नेछ, आर्थिक स्थिति सुदृढ हुनेछ। राजनीति, समाजसेवा, र कला क्षेत्रमा सक्रिय भएकाहरूले पद, सम्मान, र अवसर पाउने सम्भावना छ। नयाँ काममा सफलता मिल्नेछ, तर हतारको निर्णयबाट बच्नुपर्छ। व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक क्षेत्रमा अवसर र सावधानी दुवैको संकेत दिन्छ। विदेशी व्यापार, लगानी, वा रोजगारीबाट लाभ मिल्नेछ भने शेयरबजारबाट पनि आम्दानीको सम्भावना छ। तर, स्वास्थ्य र खर्चमा ध्यान दिनु आवश्यक छ। प्राविधिक समस्या वा असावधानीले काममा बाधा आउन सक्छ। अपिरिचितहरूप्रति अन्धविश्वास नगर्नुहोस्। दिगो योजनामा लागेमा समयले साथ दिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाजुभाइको आर्थिक सहयोगले तपाईंको मन प्रफुल्लित हुनेछ। व्यापारमा लगानी बढाएर मनग्गे आम्दानी गर्न सकिन्छ र शेयर बजारमा पनि फाइदा मिल्ने सम्भावना छ। संगीत वा कलामा सफलता मिल्नेछ। व्यापारमा वृद्धि, रोकिएका कामको पूर्णता, र जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले नयाँ अवसर ल्याउनेछ। मेहनतको उचित मूल्याङ्कन हुनेछ र प्रतिष्ठा पनि प्राप्त हुनेछ। व्यापार बढ्नेछ, रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक र सामाजिक क्षेत्रमा राम्रो अवसरको संकेत गर्दछ। माता-पिताको धन र सम्पत्ति प्रयोग गरेर व्यवसायमा मनग्गे आम्दानी गर्न सकिन्छ। कृषि र पशुपालनमा सफलता मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा पनि तपाईंको प्रयास सफल हुनेछन्। राजनीति र समाजसेवामा जनताको साथ र समर्थन प्राप्त हुनेछ। नोकरी र पेशामा अधिकारी वर्गबाट प्रशंसा पाइनेछ। मेहनतले जिम्मेवारी र प्रतिष्ठा दिलाउनेछ। पुराना मित्रता सुदृढ हुने र नयाँ अवसरहरू मिल्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म, संस्कार परिवर्तन, र आध्यात्मिक ज्ञानमा ध्यान दिने समयको आवश्यकता छ। लामो दुरीको धार्मिक वा शैक्षिक यात्रा गर्न सकिने सम्भावना छ। प्रशासनिक क्षेत्रमा तपाईंको भूमिका महत्वपूर्ण रहनेछ। साहित्य र कला क्षेत्रमा सफलता मिल्नेछ, र सहयोगीहरूले साथ दिनेछन्। यद्यपि, कार्यक्षेत्रमा अवरोध आउने सम्भावना छ, र अस्वस्थताका बाबजुद जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोतहरू पहिचान गर्न सकिनेछ, तर नयाँ काम थाल्न केही समय पर्खनु पर्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुटुम्ब र आफन्तसँगको आर्थिक कारोबारमा फाइदा मिल्नेछ र नयाँ काम थाल्नका लागि उपयुक्त समय आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ र कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ। यात्रा र नयाँ अवसरहरू मिल्नेछन्, विशेष गरेर आफन्त र दिदिबहिनीबाट सहयोग प्राप्त हुनेछ। यद्यपि, स्वास्थ्यमा असावधानीले समस्या ल्याउन सक्छ र गोपनीयता बाहिरिनाले कठिनाइ हुन सक्छ। व्यापारमा नयाँ निर्णयको लागि समय उपयुक्त हुने सम्भावना छ, तर चित्त बुझाएर अघि बढ्नु पर्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन र अध्यापनमा सफलता र पुरस्कारको संकेत गर्दछ। स्वास्थ्य अनुकूल रहनेछ, जसले नयाँ काम र यात्रामा जोश बढाउनेछ। व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ। सानो खर्चले ठूलो लाभ मिल्ने सम्भावना छ। खानपान र मनोरञ्जनमा समय बिताउन सकिनेछ। यद्यपि, खर्चमा वृद्धि र बलजफ्ती गर्ने बानीले समस्या आउन सक्छ। समयसँगै बुद्धिको उपयोगले समस्याहरू समाधान हुनेछ र गुमेको स्थान पुनस् प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार, नोकरी, र प्रतिस्पर्धामा सफलता मिल्ने संकेत गर्दछ। सानो लगानीबाट व्यापारमा नाफा कमाउन सकिन्छ, र शेयर बजारमा लगानी भविष्यका लागि फाइदाजनक हुनेछ। नोकरी वा अध्ययनमा प्रतिस्पर्धीलाई पछि पार्दै राम्रो नतिजा आउँछ। कलात्मक क्षेत्रमा सफलता मिल्नेछ र पारिवारिक सम्बन्ध सुदृढ रहनेछ। शत्रुहरू किनारा लाग्नेछन् र मिहिनेतले प्रतिष्ठा, धन, र इनाम दिलाउनेछ। विदेश यात्रा पनि अघि बढ्नेछ।