गभर्नर नियुक्तिमा भइरहेको किन ढिलाइ भइरहेको छ ? देउवा भन्छन् – ओलीको दोष छैन

गभर्नर नियुक्तिमा भइरहेको किन ढिलाइ भइरहेको छ ? देउवा भन्छन् – ओलीको दोष छैन

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • images
    images
    गभर्नर नियुक्तिमा भइरहेको किन ढिलाइ भइरहेको छ ? देउवा भन्छन् – ओलीको दोष छैन
    images
    images

    काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन् । 

    विद्यमान आर्थिक परिवेशमा बजेटले समेटनुपर्ने नीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले राष्ट्र बैङ्कको आन्तरिक समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका हुन् ।

    उनले भने, “अहिले एमाले पार्टीका नेता केपी ओलीसँग गठबन्धन छ । गठबन्धनमा कुनै समस्या छैन । अहिले राष्ट्र बैंकको गर्भनरको विषयमा हामीबीच कुनै समस्या छैन । गभर्नर नियुक्ति ढिलो हुनुमा राष्ट्र बैङ्क भित्रकै समस्याले हो । ओलीको कारणले होइन ।” 

    साथै उनले वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैकिङ् लगायतका क्षेत्रमा उल्लेखनिय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे ।

    उनले भने, “नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले २०४६ सालपछि आर्थिक विकासमा महत्वपूर्ण सफलता हासिल गरेको छ । शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बैकिङ्लगायतका क्षेत्रमा उल्लेखनीय प्रगती हासिल गरेको पनि छ । पार्टी संग्लग्न रहेको वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी छ ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com