सरकारको नीति तथा कार्यक्रम पुरानै कपिपेष्ट : देवेन्द्र पौडेल

सरकारको नीति तथा कार्यक्रम पुरानै कपिपेष्ट : देवेन्द्र पौडेल

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • images
    images
    सरकारको नीति तथा कार्यक्रम पुरानै कपिपेष्ट : देवेन्द्र पौडेल
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पुरानै कपीपेष्ट भएको भएको बताएका छन् ।
    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।

    उनले भने, ‘पहिलाका केही कार्यक्रमहरुमा रि प्याकेजिङ गरेर २०८२/८३ को  नीति कार्यक्रममा स्टिकर टाँसिएको छ । सार्वजनिक नीति प्रवाह, सामाजिक न्याय, हप्तामा २० घण्टा विद्यार्थीलाई काममा लगाउने कुरा, नागरिक एप्स, अनलाइन कर प्रणाली, डिजिटल फाउन्डेसन, साइबर सुरक्षा, डिजिटल नेपाल र बैङ्क प्रणालीजस्ता विषय गत वर्षको नीति तथा कार्यक्रममा समावेश थिए, अहिले त्यसलाई कपि गरेर नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न सकेको छैन ।’

    साथै उनले नीति तथा कार्यक्रमले राष्ट्र निर्माणका निम्ति दृढ सङ्कल्पलाई समेट्नुपर्ने उल्लेख गरे । उनले चालु आर्थिक वर्षकै राष्ट्रिय गौरवका आयोजना बजेट अभावका कारण ठेक्कामा समस्या परेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com