पानी पर्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै, मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

पानी पर्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै, मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • पानी पर्ने प्रणाली उत्तर–पूर्वतिर सर्दै, मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुसा, सिन्धुली, महोत्तरी आसपासका थोरै क्षेत्रहरूमा चट्याङ्गसहित पानी परिरहेको छ। 

    images
    images

    साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन भईरहेको छ । पानी पर्ने प्रणाली उत्तर-पूर्वतिर सर्दै गइरहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    मङ्गलबार देशभर आंशिक  साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
    बुधबार कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका ‍एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय