आज आज विक्रम संवत २०८२ साल बैशाख २० गते शनिबार, तदनुसार ईश्वी सन् २०२५ मे ३ तारिख, नेपाल संवत् ११४५, बैशाख शुक्लपक्ष सप्तमी तिथी, १२ बजेर ४२ मिनेटपछि अष्टमी तिथी, तिष्य नक्षत्र, साँझ ६ बजेर १ मिनेटपछि अश्लेषा, चन्द्रराशि कर्कट ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिले मिहिनेत आवश्यक पर्ने समय छ। तत्काल फाइदा खोज्दा हानि हुन सक्छ, तर धैर्य राखे लाभ मिल्नेछ। कृषि र पशुधनबाट आम्दानी सम्भव छ। पुराना सम्झौता टुट्न सक्ने हुँदा सतर्क रहनुहोला। पारिवारिक सहयोगबाट व्यापारमा सुधार आउन सक्छ। योजनाबद्ध कामले भविष्यमा राम्रो प्रतिफल दिनेछ। पुरानै कामलाई निरन्तरता दिनुहोस् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शेयरबजार र वित्तीय क्षेत्रमा लगानीबाट फाइदा हुने संकेत छन्। व्यापारमा नयाँ कामको थालनीले आम्दानी बढ्नेछ। सानो प्रयासले ठूला लाभ मिल्ने सम्भावना छ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। परिस्थितिहरू अनुकूल रहनेछन्। मेहनतले आर्थिक लक्ष्यमा पुर्याउनेछ। सहयोगीहरूले साथ दिने भएकाले फाइदाको अवसर सदुपयोग गर्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा मनग्य धनलाभ हुनेछ। सेयर र अन्य लगानीबाट फाइदा मिल्नेछ। बौद्धिक तथा सिर्जनात्मक कार्यमार्फत दिगो आम्दानीको सम्भावना छ। कलाकारिता र फिल्म क्षेत्रमा नामसँगै धन पनि कमाइनेछ। उत्पादनमूलक काम सुरु गर्न अनुकूल समय हो। कुटुम्बको सहयोगले आर्थिक कामहरू सफल हुनेछन्। दीर्घकालीन योजनामा लाग्दा लाभदायक हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रचनात्मक र प्रविधिमा आधारित कामबाट आर्थिक लाभ हुने संकेत छन्। नयाँ कामको प्रस्तावले आम्दानीको बाटो खुल्नेछ। राजनीतिक वा प्रतिष्ठित कार्यमार्फत धनसञ्चयको अवसर प्राप्त हुनेछ। विलासिताका सामग्रीमा खर्च बढ्न सक्छ, तर प्रभावशाली प्रस्तुतीले आर्थिक लाभ पनि दिलाउन सक्छ। योजनाबद्ध प्रयासले दीर्घकालीन फाइदा मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक रोजगार र यात्राबाट आम्दानीको सम्भावना छ, तर खर्चमा नियन्त्रण जरुरी छ। कानुनी चुकले आर्थिक नोक्सानी हुन सक्छ, सतर्क रहनुहोस्। विदेशमा काम गर्नेहरू सन्तुष्ट हुनेछन्। घरखर्च बढ्न सक्छ, तर बुद्धिमानीले सन्तुलन सम्भव छ। दौडधुप पछि अवसर मिल्नेछ। अनावश्यक खर्चले दबाब बढाउन सक्छ, सोचविचार गरेर निर्णय गर्नुहोस्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार, शेयरबजार, कृषि तथा उद्योगमा लगानीबाट आम्दानी बढ्नेछ। दिगो योजनाबाट आर्थिक स्थायित्वको आधार बन्नेछ। चल(अचल सम्पत्तिबाट लाभ उठाउने समय हो। दाजुभाइ तथा आफन्तको सहयोगले आर्थिक कार्यहरू सफल हुनेछन्। रोकिएको रकम फिर्ता आउनेछ। नसोचेको धन प्राप्तिको योग रहेकोले अवसरको सदुपयोग गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा फाइदा हुने समय छ, विशेषगरी व्यवसायिक यात्रा र साझेदारीबाट लाभ मिल्नेछ। सार्वजनिक सेवामा कार्यरतहरूले समय र खर्च दुबै बचत गर्नेछन्। दिगो आम्दानीका लागि जग बसाउने मौका छ। प्रतीक्षित फाइदा हात लाग्नेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले आर्थिक अवसरहरू बढ्नेछन्। इनाम, प्रतिष्ठा र धन तीनवटै पाउने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा मनग्य लाभ हुने समय हो। बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आकस्मिक धन तथा सम्पत्ति हात लाग्न सक्छ। रोकिएका काम सम्पन्न भई आर्थिक प्रगति हुनेछ। मिहिनेतले दीर्घकालीन फाइदा दिनेछ। सानो प्रयासले पनि उल्लेख्य लाभ मिल्ने सम्भावना छ, अवसरको सदुपयोग गर्नुहोस्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ अनुबन्धले कारोबार विस्तार र आम्दानीमा टेवा पुग्नेछ। तर खर्च बढ्ने र स्वास्थ्यसम्बन्धी समस्या आउनाले खर्चमा नियन्त्रण आवश्यक छ। आर्थिक पक्ष सबल देखिए पनि लामो समयसम्म आम्दानी कायम राख्न बढी मेहनत गर्नुपर्नेछ। सम्पत्तिको प्रयोग गर्दा सतर्कता अपनाउनुहोला। कमजोरीका कारण अरूले फाइदा उठाउने सम्भावना पनि रहन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ अनुबन्धले कारोबार विस्तार र आम्दानीमा टेवा पुग्नेछ। तर खर्च बढ्ने र स्वास्थ्यसम्बन्धी समस्या आउनाले खर्चमा नियन्त्रण आवश्यक छ। आर्थिक पक्ष सबल देखिए पनि लामो समयसम्म आम्दानी कायम राख्न बढी मेहनत गर्नुपर्नेछ। सम्पत्तिको प्रयोग गर्दा सतर्कता अपनाउनुहोला। कमजोरीका कारण अरूले फाइदा उठाउने सम्भावना पनि रहन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोजगार र व्यापारबाट आम्दानी बढ्नेछ, तर खर्चमा वृद्धिले मन अशान्त पार्न सक्छ। निर्माण, खाद्यान्न, पहिरन र गरगहनाको व्यापारमा वृद्धि हुनेछ। नोकरीमा बढुवा र नयाँ कामको अवसर मिल्नेछ। ऋण र समस्याबाट छुटकारा पाइने समय छ। मिहिनेतले आर्थिक लाभ र विजय प्राप्त हुनेछ। प्रतिस्पर्धामा सफलता र आर्थिक लाभका लागि शुभ अवसर आएको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक अवस्था उत्कृष्ट रहनेछ, विशेष गरेर व्यापार र नोकरीमा पदोन्नतीले लाभ मिल्नेछ। जग्गा र सम्पत्ति बाट पनि आम्दानी बढ्नेछ। पशुपालन र कृषि क्षेत्रबाट फाइदा हुनेछ। सन्तान र आफन्तको सहयोगले मन प्रसन्न रहनेछ। प्रयत्न गर्दा आर्थिक लक्ष्य हासिल हुनेछ। प्रतिष्ठित कार्यबाट धनलाभ हुनेछ र बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ।