सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा सरकार तथा प्रतिपक्षहरुले विभिन्न ढंगले विचारहरु ब्यक्त गरेका छन् । सकारको बचाउ गर्दै सत्ता पक्षहरुले आफ्नो तर्क दिएका छन् भने विपक्षी नेताहरुले त्यसको विरोध तथा गतिलो नभएको बताएका छन् ।
नेपालमा कुनै पनि नीति तथा कार्यक्रम वा योजनाको पक्ष विपक्षमा तर्क दिनु नेताहरुको नियमित दृष्टिकोण नै हो । तर, ठोस विषयमा अनुसन्धान गरी विश्लेषण गरेको भने पाईदैन ।
समर्थनका लागि समर्थन विरोधका लागि विरोध मात्रै देखिन्छन् जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन र कागजको खोस्टो मात्रै रहेको टिप्पणी गरे ।
जबकी उनी आफैँ मरिसकेको राजतन्त्र ब्यूताउन दोडिरहेका छन् । समयलाई पछाडीबाट फर्काउने प्रयत्न गर्दैछन् । राजतन्त्रकै पालामा कस्तो नीति तथा कार्यक्रम हुन्थे त्यस विषय शाहीले खोज्दैनन् । मात्रै विरोधका लागि विरोध गरेको देखिन्छ ।
यस्तैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र युवाहरुको क्षेत्रमा सरकारले अत्यन्तै राम्रो नीति र कार्यक्रम ल्याएको भन्दै गुणगान गाउन भ्याए । जबकी उनै नेता झा सत्ताधारी हुन् बचाउ गर्नु स्वभाविक नै छ । तर, विश्लेषणविना उनी अति नै बचाउ गर्दै छन् । पढौं कसले कसरी टिप्पणी गरे ?
सरकारले ल्याएको नीति तथा कार्यक्रम एकदमै राम्रो छ, लोसपाले स्वागत गरेको छः महासचिव डा. सुरेन्द्र झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा एक साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र युवाहरुको क्षेत्रमा सरकारले अत्यन्तै राम्रो नीति र कार्यक्रम ल्याएको बताएका हुन् ।
त्यस्तै, संघीयता कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानूनहरु यथाशीघ्र संसद्बाट पारित गर्ने सरकारको नीति एकदमै राम्रो रहेको उनले बताए । ‘संघीयतामा आवश्यक पर्ने कानूनहरु यथाशीघ्र संसद्बाट पारित गर्ने कुरा गरेको छ । यो एकदमै राम्रो हो,’– उनले भने ।
त्यसैगरी, संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउने, असङ्लग्न परराष्ट्र नीति अवलम्बन गर्नेगरी सरकारको नीति तथा कार्यक्रम आएको उनको दाबी छ । देशको सबैभन्दा ठूला दुई दल कांग्रेस र एमालेसहित मिलेर बनेको यो सरकार दीर्घकालीन योजनाको साथ अगाडि बढेको उनले बताए । उनले अब प्रादेशिक सरकारहरुलाई मजबुद बनाउनेगरी बजेट विनियोजना र कार्यान्वयन हुनुपर्ने बताए ।
‘समग्रमा नीति तथा कार्यक्रम अहिलेको आर्थिक अवस्था, देशको राजश्व संकलनको अवस्था सबैलाई केन्द्रविन्दुमा राखेर, निजी क्षेत्रसँग यथेष्ट छलफल गरेर ल्याएको हुनाले यसलाई स्वागत गर्नुपर्छ,’– उनले भने ।
टोले गुण्डाहरुले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो छः ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन रहेको टिप्पणी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा रिपोर्टर्स क्लब नेपालले दलका नेताहरुसँग राखेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट रहेको बताएका हुन् ।
‘अहिलेको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको पानी जहाज हो । पानी जहाज, रेल, हावाबाट विजुली, घर–घरमा ग्यासको पाइपजस्तै नीति तथा कार्यक्रम हिजो आयो । हामीले त्यसलाई स्पष्ट भनिसक्यौं– पुरानो ढर्राको, च्यातिएको कागजजस्तो, टोले गुण्डाहरुले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो,’– उनले भने ।
अहिलेको नीति तथा कार्यक्रमले सरकारको गलत कामको विरोध गर्नसमेत नपाइने भनेको उनले बताए । सरकारमा रहेका दलहरुले नीति तथा कार्यक्रममा देशको आर्थिक नीतिको बारेमा कुरा नगरेर राजनीतिक भाषा प्रयोग गरेको उनको आरोप छ ।
नेता शाहीले युवालाई रोजगारी दिने भनिए पनि के आधारमा उनीहरुलाई रोजगारीको व्यवस्था गरिने भन्ने प्रष्टता नरहेको बताए ।
विराटनगर जुटमिल, चिनी मिललगायत युवाहरुलाई रोजगारी दिने उद्योगहरु बन्द गराएर कसरी रोजगारी दिने भन्ने आफूहरुले बुझ्न नसकेको उनले बताए । अहिले आएको नीति तथा कार्यक्रमले यो व्यवस्था नै खराब छ भन्ने कुरा पुष्टि गर्ने उनको दाबी छ ।
‘अहिलेको नीति तथा कार्यक्रममा उठाउनुपर्ने कुरा,, यसमा बहस गर्नुपर्ने कुरा केही पनि छैन । यो व्यवस्थाले जनताको जनप्रतिनिधिलाई कमजोर बनाएको छ । केपी ओली बडा बाठा रहेछन् मान्छे । प्रत्येक ठाउँमा राजनीतिक मुद्दा छन्, राष्ट्रपतिलाई बोल्न लगाइदिए,’– उनले भने ।
नीति तथा कार्यक्रम बासी भन्नेहरू नै बासी हुन्, आर्थिक समाधान दिनेगरि कार्यक्रम आएका छन् ः एमाले नेता पोखरेल
नीति तथा कार्यक्रमबारे देवेन्द्र पौडेल : यो नीरस र पट्यारलाग्दो छ
काठमाडौं नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारले हिजो ल्याएको वार्षिक नीति तथा कार्यक्रमले देशलाई निकास दिन नसक्ने बताएका छन् ।
उनले नीति तथा कार्यक्रमलाई ‘गाई की त्रिशुल’ को संज्ञा दिए । यसअघिको नीति तथा कार्यक्रमले आयोजना बोलेको भएपनि यस वर्षको नीति तथा कार्यक्रमले राष्ट्रिय गौरवको आयोजना, प्रमुख आयोजना र राज्यले गर्नुपर्ने काम केही पनि उल्लेख नगरेको पौडेलको आरोप छ ।
नीति तथा कार्यक्रमकेन्द्रित विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रमले बजेटलाई नै ठाउँ छोदिदिएको बताए । उनले नीति तथा कार्यक्रमले सुखी नेपाली र समृद्ध नेपाल बनाउने चित्रण प्रस्तुत गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, ‘विगतका कुरालाई नयाँ क्लेबरमा प्रस्तुत गरिएको छ । कांग्रेस र एमालेजस्तो ठूला दलले नेतृत्वले गरेको सरकारको नीति तथा कार्यक्रमले आशा भरेन । नीरश प्रकृतिको छ । समाजवादउन्मुख यात्रामा लैजाने प्रष्ट गर्दैन् ।
कतिपय कार्यक्रमको बारेमा स्रोत सुनिश्चितता गरिएको छैन् । नीति तथा कार्यक्रम दुई दिनमा सकिने सगरमाथा सम्वादको बारेमा पनि लेखिएको छ । योजनाबद्ध विकासको रुपमा यसले केही बोलेको छैन । नीति तथा कार्यक्रमले न छेउ बोलेको छ, न टुप्पो ।’
उनले पूराना केही योजनाहरु निरन्तरता दिईएको भन्दै पढ्दै कमाउने कुरा स्मरण गराए । तर, स्वास्थ्यसम्बन्धी कार्यक्रम सकारात्मक रहेको उनको भनाई छ । अरु मन्त्रालयका कार्यक्रम अन्धकारमा ल्याईएको भन्दै यो वर्षको नीति तथा कार्यक्रम नै निरस र पट्यारलाग्दो रहेको पौडेलको टिप्पणी छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धिकरणको लागि कुनै कार्यक्रम नै छैन् । आयोजनाको चित्र स्पष्ट छैन् ।’
नीति तथा कार्यक्रम बासी भन्नेहरू नै बासी हुन् : एमाले नेता पोखरेल
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले समग्र अर्थतन्त्रलाई सुधार गर्नेगरि र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको प्रकाशमा यो वर्षको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले भने,‘नीति तथा कार्यक्रम मूलतः नेपालको संविधान र यो सरकार बन्दाखेरि ७ बुँदे सहमतिको प्रकाशमा, अनि राष्ट्रिय योजना आयोगको १५औं योजनाको निर्देनशमा तयार भएको छ । आधारभूतमा यो नीति तथा कार्यक्रम वस्तुवादी भएकोले यसमा शंका गर्न जरूरी छैन ।’
नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समेटिएको उल्लेख गर्दै विरोधको लागि विरोधमात्रै नगर्न विपक्षीहरुलाई सुझाव दिए । उनले भने, ‘सरकारले सम्वाद, सहकार्य र सयोजनाको साथ अघि बढ्छौं भनेको छ । शिक्षा क्षेत्रमा पनि सुधारको घोषणा गरिएको छ । सहकारीको विषयमा पनि राम्रो नीति लिएको छ ।
सहकारीको सवालमा प्राधिकरण गठनदेखि साना वचतकर्ताको वचत फिर्ता गर्ने कुरा गरेको छ ।’
उनले नीति तथा कार्यक्रममा कषि क्षेत्रलाई विगत वर्षझैं उच्च प्राथमिकतामा राखेको र कृषकलाई उद्यमशिल बनाउने कुरा गरेको सुनाए । उनले भने, ‘कषिको अनुदानको कुरा गरेको छ, अब किसानले सर्वाधिक मूल्य पाउने स्थिति बनेको छ । गिरिबी निवारण १५ प्रतिशतमा झार्ने कुरा उल्लेख गरेको छ । समग्रमा यो नीति तथा कार्यक्रमले समाजवादको आधार तय गरेको छ । सिद्धान्तसहित आएको छ ।
रोजगारीको लागि ठीक ढंगले नीति तथा कार्यक्रम बनेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा राखिने कार्यक्रमलाई अब राष्ट्रको नाममा ल्याईएको छ ।’
उनले मुलुकमा अराजकता र व्यवस्थामाथि चूनौति खडा भएको उल्लेख गर्दै ती चूनौतिलाई सामना गर्न सरकार गम्भीर भएर त्यहीअनुसारको कार्यक्रम ल्याएको स्पष्ट पारे ।
उनले भने,‘मुलुकमा आर्थिक समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको छ । भ्रष्टाचारको बारेमा शून्य सहनशिलता अपनाएको छ । नीति तथा कार्यक्रम बासी भयो भन्नेहरु नै बासी मान्छे हुन् ।’