निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री पौडेल

निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री पौडेल

शनिवार, बैशाख २० २०८२
शनिवार, बैशाख २० २०८२
  • images
    images
    निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन : अर्थमन्त्री पौडेल
    images
    images

    काठमाडौँ / उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गरिरहेको बताएका छन् । शनिबार सिंहदरबारमा भएको पूर्व बजेट छलफलमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई वेवास्था गर्यो भन्नु गलत भएको भन्दै निजी क्षेत्रको मनोवल बढाउनको लागि काम गरेको बताएका हुन् । 

    उनले भने, ‘निजी क्षेत्रको आत्मवल बढाउन सरकार सम्पूर्णरुपमा केन्द्रित छ । सरकारलाई राम्रोसँग हेक्का छ । निजी क्षेत्र जसको अर्थतन्त्रमा ८० प्रतिशत होल्डर रहेको निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन भन्ने ज्ञान सरकारसँग छ ।’ 

    उनले निजी क्षेत्रका मुद्धा सम्बोधन गर्नका लागि नै अध्यादेश मार्फत कानून आएको बताए । ‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौ दशकदेखि नउठेको मुद्धाहरुलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानून भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले वेवास्था गर्यो भन्ने कुराकाृे कुनै अर्थ छैन,’ उनले भने ।

    मन्त्री पौडेलले नेपालमा समाजवाद नभएको र त्यसको लागि सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्ने बताए । 

    ‘नेपालमा समाजवाद छैन । आजै आउदैन पनि त्यो समाजवाद धेरै टाढा छ । नेपाली समाजवादमा सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्यो । त्यसका आम नागरिकको समान पहुँच हुनुपर्छ । सबै प्रकारको विभेद अन्त्य हुनुपर्छ,’ उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com