आज आज विक्रम संवत २०८२ साल बैशाख २० गते शनिबार, तदनुसार ईश्वी सन् २०२५ मे ३ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष, षष्ठी तिथी, दिउँसो १ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । पुनर्वशु नक्षत्र, आनन्दादिमा-छत्र योग । चन्द्रराशि-मिथुन।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिहानको समय आर्थिक दृष्टिले लाभदायक रहनेछ। सानो प्रयासले राम्रो आम्दानी हुने सम्भावना छ। व्यवसायमा फाइदा मिल्नेछ, विशेषतः सवारी साधन व्यापार लाभदायक बन्नेछ। कर्मको उचित मूल्याङ्कन भए पनि प्रतिफल ढिलो हुन सक्छ। दिउँसो सन्तुलित व्यवहार नगर्दा आर्थिक अवसर गुम्न सक्छ। बेसुरमा खर्च वा कामले घाटा पनि हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ आर्थिक अवसरहरू प्राप्त हुने दिन हुनेछ। सञ्चित धनमा वृद्धि हुनेछ भने आयआर्जनका नयाँ स्रोत खुल्नेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । व्यवसायमा विस्तारको सम्भावना छ, अधुरा कामहरू पूरा भई आम्दानी बढ्नेछ। मिहिनेतले दीर्घकालीन फाइदा दिलाउनेछ। भौतिक सम्पत्ति संकलनका लागि अनुकूल समय रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन आर्थिक रूपमा सकारात्मक रहन सक्नेछ। पहिले गरेका कामबाट आम्दानी बढ्नेछ भने स्रोतसाधन जुट्नाले नयाँ योजना कार्यान्वयन गर्न सजिलो हुनेछ। निर्णय क्षमतामा वृद्धि भएर लाभदायक निर्णय लिन सकिनेछ। व्यवसायमा उच्च व्यक्तिको सहयोग मिल्नेछ। खर्च बढ्न सक्ने सम्भावना रहेकाले बजेट नियन्त्रित राख्नुपर्नेछ। हतारको निर्णयले घाटा गराउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन व्यवसायिक लाभको राम्रो सम्भावना छ, लगानीले अपेक्षित आम्दानी दिनेछ। आत्मविश्वास बढ्ने भएकाले आर्थिक निर्णयहरू सजिलै कार्यान्वयन गर्न सकिनेछ। तर, बिहानको खर्च र आकस्मिक धन हानिको सम्भावनाले सावधानी अपनाउनुपर्छ। यात्रा गर्दा धनसम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। साझाको समय रमाइलो भए पनि काममा ध्यान दिनु आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् र शेयर बजारबाट लाभ मिल्ने सम्भावना छ। कानुनी पक्ष बलियो रहनेछ, तर खर्चमा संयमता आवश्यक छ, विशेषतः शोख तथा इच्छापूर्तिमा। व्यवसायमा दिगो फाइदाका लागि मेहनेत जरुरी हुनेछ। प्रविधिको प्रयोगले काम सजिलो बन्नेछ। दिउँसोतिर खर्च बढ्ने सम्भावना भएकाले आर्थिक निर्णय सोचविचारपूर्वक लिनु उचित हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज आकस्मिक धनलाभका योग छन् भने ऋणबाट मुक्ति पाउने सम्भावना पनि छ। व्यापार फस्टाउने संकेत देखिन्छ, तर नयाँ काम थाल्न केही समय पर्खनु उपयुक्त हुनेछ। रोजगारी वा स्थानान्तरणबाट आर्थिक पक्ष सबल बन्नेछ। सानो प्रयासले लाभ मिल्नेछ, तर खर्च र जोखिमप्रति सजग रहनुपर्छ। भाग्यले आर्थिक अवसर प्रदान गर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सानो लगानीबाट मनग्य आम्दानी हुने सम्भावना छ। बोलीको प्रभावले व्यवसायिक सौदाबाजीमा फाइदा मिल्नेछ। कलात्मक वा बौद्धिक क्षमताबाट आयको नयाँ स्रोत खुल्न सक्छ। दिउँसोदेखि आर्थिक अवस्था अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोगले फाइदा हुनेछ। तर, स्वास्थ्यका कारण केही काम रोकिन सक्ने भएकाले खर्च र समयको व्यवस्थापनमा ध्यान दिनुपर्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहानको समय व्यापार र आर्थिक दृष्टिले लाभदायक रहनेछ, सन्तानको सहयोगले पनि आम्दानीमा वृद्धि हुनेछ। साना लगानीले राम्रो प्रतिफल दिने सम्भावना छ। तर, मध्यान्हपछि पारिवारिक तनाव र स्वास्थ्य समस्याले खर्च बढाउने संकेत छन्। महत्वकांक्षी योजनाहरू गोप्य राख्नु फाइदाजनक हुनेछ। समयको प्रवाहअनुसार नचले घाटा हुन सक्ने भएकाले सावधानी आवश्यक छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज कार्यक्षेत्रमा लगनशीलता र मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा नयाँ चुनौतीहरू आउन सक्नेछन्, तर परिवार र साथीहरूको सहयोगले मनोबल उच्च रहनेछ। आयआर्जन राम्रो रहनेछ र यात्रा गर्ने अवसर पनि जुट्नेछ। तर, गोपनीयता भंग हुनु र फजुल खर्चले आर्थिक स्थिति प्रभावित पार्न सक्छ। परिस्थितिको अनुकूलता अनुसार काम अघि बढाउनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज कार्यक्षेत्रमा अधिकारीहरूबाट सकारात्मक संकेत मिल्नेछ, जसले भविष्यमा सफलता दिलाउनेछ। व्यवसायमा लगानी बढाउँदा आम्दानीका स्रोतहरू खुल्नेछन्। पुराना स्वास्थ्य समस्याहरू सुल्झिने छन्, र मामा तथा मावलीबाट सहयोग प्राप्त हुनेछ। धैर्य र मिहिनेतले सफलता दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्ने अनुकूल समय रहेको छ, र प्रतिस्पर्धामा विजय सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज नयाँ कार्यको अवसर भए पनि लाभ कम आउनेछ। पुराना कामलाई दोहोर्याउनु पर्नेछ र मेहनतको फल अरुले लिन सक्छन्। तर, विशिष्ट व्यक्तिहरूसँगको सहयोगले व्यवसायमा मद्दत पुर्याउनेछ। परिवार र आफन्तबाट सहयोगले मनमा शान्ति र खुशी ल्याउनेछ। प्रेम र मित्रता सम्बन्ध मजबूत हुनेछन्। बिहानको समय प्रतिकूल भएपनि दिउँसोदेखि स्थिति सुधार हुनेछ।