सरकारले थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेन : रास्वपा

सरकारले थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेन : रास्वपा

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • सरकारले थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेन : रास्वपा

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा कुनै पनि नयाँपन नभएको बताएका छन् ।

    images
    images

    शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताएका हुन् ।

    उनले भने, ‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन । केही पछिल्ला वर्षहरूमा सुनेका कार्यक्रमहरूलाई नै निरन्तरता दिएको देखिन्छ । ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो, तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’ 

    साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशिलता नदेखिएको बताए । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए ।

    यसैगरी रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरे । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गरे ।

    उनले भने, ‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहो¥याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो । अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन । अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय