किन झ्याप्प झ्याप्प गइरहेको छ बिजुली ? निर्देशक शाक्य भन्छन् – लोडसेडिङ भन्न मिल्दैन

किन झ्याप्प झ्याप्प गइरहेको छ बिजुली ? निर्देशक शाक्य भन्छन् – लोडसेडिङ भन्न मिल्दैन

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • images
    images
    किन झ्याप्प झ्याप्प गइरहेको छ बिजुली ? निर्देशक शाक्य भन्छन् – लोडसेडिङ भन्न मिल्दैन
    images
    images

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच÷सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन् ।  

    शुक्रबार पत्रकार सम्मेलनको आयोजनगरी प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले पाँच÷सात मिनेट बत्ती जानुलाई लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट पारेका हुन् । 

    उनले भने, ‘वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ, हरेक ग्राहकलाई भएको छ । हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला । चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ । यो तथ्याङ्कले बोल्छ । यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन । र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ति गएको देखिन्छ । हामी अहिले पाँच÷सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रूपमा लेख्छौं–अब लोडसेडिङ गराउन लाग्यो भनेर । तर यो तथ्याङ्कलाई मनन् गर्नुपर्छ । यो अवरोधलाई क्रमश कम गर्दै लैजाने छ ।’

    एकातिर वर्षायामको विद्युत आंशिक रूपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खायाममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ ।

    करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा रहेको उनले जानकारी गराए । 

    ‘हाम्रो सिस्टम ३ हजार ५११ मेगावट उत्पादनको क्षमता भएको हो, त्यसमा करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा छन् । त्यसले सिस्टमको सब्टिसन प्रणाली त मजबुत छ, त्यहाँ राम्रै खर्च भएको रहेछ तर नेटवर्क सञ्जालचाँही कमजोर छ । यसले सिस्टम ट्रिपिङ भइरहेको देखिएको छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com