आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कस्तो छ ? पूर्णपाठ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कस्तो छ ? पूर्णपाठ

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • images
    images
    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कस्तो छ ? पूर्णपाठ
    images
    images

    काठमाडौँ / सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति पौडेलले परिवर्तन र उपलब्धिप्रति जनतालाई गौरवबोध गराउन, सरकारप्रति जनताको विश्वास जगाउँदै मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गरे । 

    राष्ट्रपति पौडेलले अराजकता फैलाउने विरुद्ध सरकार दृढ रहेको भन्दै गणतन्त्रविरुद्धका प्रतिक्रियालाई कडा प्रतिवाद गरिने स्पष्ट पारे । 

    उनले संविधानको समीक्षा गरी आवश्यक संशोधन गरिने उल्लेख गर्दै यसका लागि आपसी समझदारीसहित संविधानमा रहेका कमी कमजोरी सच्याइने बताए । 

    संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद गर्ने बताउँदै उनले राजनीतिक स्थायित्व र नीतिगत स्थिरता कायम राख्ने बताए ।  

    विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण गर्ने बताउँदै राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आयोजनाको समय तालिका निर्माण गरिने, सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज गर्ने बताए । 

     हेर्नुस् पूर्णपाठ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com