काठमाडौँ / सरकारले बैंक तथा वित्तीयको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापनका लागि सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।
शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने घोषणा गर्दै राष्ट्रपति पौडेलले बैंक तथा वित्तीयको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापनका लागि सम्पति व्यवस्थापन कम्पनी स्थापना गरिने बताए ।