काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन् ।
जसअनुसार सरकारको प्राथमिकता देहाय बमोजिम रहेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र यसविरुद्ध भएका गतिविधिको प्रतिवाद।
संविधान संशोधन।
राजनीतिक स्थायित्व र नीतिगत स्थिरता ।
विकास निर्माण परियोजना पुनः प्राथमिकीकरण
आयोजनाको समय तालिका निर्माण गरिने ।
सम्पन्न हुन नसक्ने आयोजना स्थगित, त्रुटीपूर्ण आयोजना खारेज ।
विद्यालय शिक्षाको चुनौती समाधान ।
उद्यमशीलता वृद्धिका लागि पाठ्यक्रम सुधार ।
युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुधार, जेन-जीलाई प्राथमिकता ।
स्वास्थ्य सेवाको जनशक्तिको माग तथा आपूर्तिको सन्तुलन मिलाउन जनशक्ति विस्तार ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना ।
कृषिको व्यवसायीकरण र पूर्वाधारका लागि तीन तहका सरकारबीच समन्वय ।
अनावश्यक संरचना खारेज ।
फेसलेस र अनलाइन सेवाको विस्तार ।
सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध ।