आज राष्ट्रपतिले दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

आज राष्ट्रपतिले दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • आज राष्ट्रपतिले दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले त्यससम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिएका थिए। 

    images
    images

    नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ । 

    सभामुख घिमिरेले शुक्रबार अपराह्न २ः४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गरेका छन् । 

    सत्ता साझेदार राजनीतिक दलबिचमा अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल भइसकेको छ ।

    नीति तथा कार्यक्रममा युवामा आशा जगाउने, उद्यमशीलता, सीप विकास, स्टार्टअप, व्यावसायिक योजना, सरकारको खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयमा सरकारको नीति तथा कार्यक्रम केन्द्रित हुने विश्वास लिइएको छ ।
     
    सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।

    बैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई नीति तथा कार्यक्रमलाई लिइएको छ । सरकारले नीति तथा कार्यक्रमकै आधारमा बजेट ल्याउने विश्वास गरिन्छ । 

    नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय