आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो तर ग्यासको खुद्रा मूल्य यथावत

आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो तर ग्यासको खुद्रा मूल्य यथावत

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • images
    images
    आजदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो तर ग्यासको खुद्रा मूल्य यथावत
    images
    images

    काठमाडौँ / आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।

    एलपि ग्यासको मूल्य पनि घटेको छ । आजदेखि एलपि ग्यास प्रतिसिलिण्डर १५ रुपैयाँले घटेको भए पनि खुद्रा ब्रिकी मूल्य भने यथावत राखिएको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाइएको छ । 

    नयाँ मूल्य अनुसार आजदेखि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ र डिजेल तथा मट्टिेल १४२ रुपैयाँ पर्नेछ । 

    त्यस्तै, सुर्खेत र दाङमा पेट्रोल १५७ कायम गरिएको छ भने डिजेल र मट्टितेल १४४ रुपैयाँ निर्धारण गरिएको छ ।  

    काठमाडौँ, पोखरा र दिपायलमा भने पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ पर्नेछ ।

    त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ । 

    noe.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com