आज विक्रम संवत २०८२ साल बैशाख १८ गते, बिहीबार, तदनुसार ईश्वी सन् २०२५ मे १ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष, चतुर्थी तिथी, बेलुकी ४ बजेर ३० मिनेट उप्रान्त पञ्चमी, मृगशिरा नक्षत्र, आनन्दादिमा–मृत्यू योग, चन्द्रराशि–वृष, बिहान ७ बजेर ५७ मिनेट उप्रान्त मिथुन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बैंक, वित्तीय क्षेत्र र सेयरबजारमा गरिएको लगानीले आम्दानी दिलाउनेछ। खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट राम्रो धनलाभ हुनेछ। बेलैमा योजना बनाएर थालिएको कामले भविष्यमा फाइदा ल्याउनेछ। भौतिक साधन जुट्नाले दिगो आर्थिक योजना प्रारम्भ हुनेछ। साथीभाइको सहयोग र मिहिनेतले आम्दानी र प्रतिष्ठा दुवै बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार फस्टाउँदै जाने संकेत छ, जसले थप लगानीको अवसर सिर्जना गर्नेछ। कुटुम्बसँगको साझेदारीमा गरिने व्यवसायले लाभ दिनेछ। आम्दानीका स्रोतहरू विस्तार हुनेछन् भने दिगो कामका लागि सम्झौता हुने समय छ। बुद्धिको प्रयोगले धन आर्जन हुनेछ। कार्यक्षेत्रमा निर्णयको सम्मान पाइनेछ, र विशिष्ट व्यक्तिमार्फत आर्थिक उन्नतिको मार्ग खुल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ प्रविधिको प्रयोगले व्यापार विस्तार हुनेछ र कीर्तिमानी कामबाट आर्थिक यश मिल्नेछ। नयाँ काम खोज्नेहरूलाई रोजगारी र पदोन्नतीको राम्रो सम्भावना छ। इच्छाशक्ति र मेहनतले आम्दानीका स्रोत विस्तार गर्न सकिनेछ। यद्यपि, पारिवारिक आवश्यकतामा खर्च बढ्न सक्छ। राजनीति वा समाजसेवामा सक्रिय हुनेहरूले प्रतिष्ठासँगै आर्थिक फाइदा पनि लिन सक्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विदेशी वस्तु, औषधि र स्वास्थ्य सामग्रीको व्यापारबाट उल्लेख्य लाभ हुने संकेत छ। परराष्ट्र सम्बन्धी काम र विदेशी भाषाको ज्ञानले आम्दानी बढाउनेछ। पूँजी बजार र सेयरबाट लाभ मिल्नेछ, तर गैह्रन्यायिक क्रियाकलापबाट बच्नुपर्छ। दीर्घकालीन योजनामा लगानी गर्न धेरै रकम चाहिन सक्छ भने आकस्मिक खर्चले अस्थायी आर्थिक चाप पनि ल्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार फस्टाएर जाने र खनिज तथा तरल पदार्थको कारोबारबाट लाभ हुने संकेत छ। आयका स्रोत फराकिला बन्नेछन्, तर लगानी अनुमानभन्दा बढी लाग्न सक्छ। साझेदारी व्यापारमा लाभ मिल्नेछ, तर अरूका लागि खर्च गर्दा सञ्चयमा कमी आउन सक्छ। आत्मविश्वास र शुभचिन्तकको साथले आर्थिक प्रगति सम्भव हुनेछ। परिश्रमको प्रतिफल रूपमै आयआर्जन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा थोरै लगानीबाट उल्लेख्य नाफा कमाउने अवसर छ। नयाँ काम सुरु गर्ने र बढुवा हुने सम्भावना आर्थिक प्रगतिको संकेत हो। पारिवारिक सहयोगले महत्त्वपूर्ण काम सफल भई आर्थिक अवस्था मजबुत बन्नेछ। अनुभवको प्रयोगले कार्यक्षेत्रमा फाइदा हुनेछ भने प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्धले अवसर दिलाउनेछ। दैनिक कारोबारबाटै पनि आम्दानी बढ्नेछ, तर सजग रहनु आवश्यक छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ जिम्मेवारी र सामाजिक दायित्वले आर्थिक र प्रतिष्ठात्मक उन्नति दिलाउनेछ। कार्यक्षेत्रमा सहयोगी वातावरण रहनेछ भने मिहिनेतले सञ्चित धनमा वृद्धि हुनेछ। सरकारी वा दिगो काममा संलग्न हुँदा भविष्यका लागि आर्थिक आधार बलियो बन्नेछ। प्रतीक्षित नतिजाले आत्मविश्वास बढाउनेछ र दाम, इनाम तथा फाइदाजनक जिम्मेवारी प्राप्त गर्ने अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा मनग्य लाभ र आम्दानीका नयाँ स्रोत पत्ता लाग्नेछ, तर गोपनीयता र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय हो। बोलीको प्रभावमार्फत धन आर्जन गर्न सकिनेछ भने नसोचेको धनसमेत हात पर्न सक्छ। तथापि, सानोतिनो बाधा, अस्वस्थता र भरोसाको धोका जस्ता चुनौतीले खर्च बढाउन सक्छन्। विशिष्ट व्यक्तिको सल्लाह र विवेक प्रयोग गर्दा आर्थिक रूपले फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसाय र साझेदारीबाट मनग्गे लाभ हुनेछ, विशेषतः पर्यटन र यात्रा सम्बन्धी क्षेत्रमा लगानी लाभदायक रहनेछ। भौतिक सम्पत्तिको सदुपयोगले आम्दानी बढ्नेछ, तर खर्च पनि बढ्न सक्छ। कार्यक्षेत्रमा लगनशीलता जरुरी छ, जबकि वादविवाद र लापरवाहीले आर्थिक अवसर चुक्न सक्छन्। परिवारको साथ र सावधानीपूर्ण निर्णयले दीर्घकालीन आर्थिक लाभ लिन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो यात्रा र आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह र ऊर्जा दिन्छ। प्रणय सम्बन्धमा विश्वास र समर्पण बढ्नेछ, जसले विवाहमा स्थिरता ल्याउनेछ। प्रतिस्पर्धामा बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल हुनेछ र शत्रुबाट छुटकारा पाइनेछ। काम वा अध्ययनमा प्रविधिको प्रयोगले दैनिकीलाई सहज बनाउनेछ। दिगो काम शुरू गर्दा भविष्यमा राम्रो फाइदा हुनेछन्, यद्यपि खर्च बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मेहनत र लगनशीलताले प्रतिष्ठित काम र अवसर दिलाउनेछन्। पढाइ लेखाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ । बैंकिङ क्षेत्रमा लगानीबाट अपेक्षित आम्दानी हुनेछ। प्रेममा विश्वास र समर्थनले कामलाई सहज बनाउनेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ र रचनात्मक कार्यमा मन लाग्नेछ। व्यापारमा मनग्गे फाइदा हुने संकेत छ, साथै बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन र शैक्षिक क्षेत्रमा प्रगति हुने छ। व्यापार र कृषि तथा पशुपालनलाई आधुनिकीकरण गरेर आर्थिक सफलता मिल्नेछ। कार्यक्षेत्रमा बोलिको प्रभावले अवसर गुम्न सक्छ, त्यसैले सावधान रहनु आवश्यक छ। कमजोर निर्णय वा सानो कमजोरीले भविष्यमा घाटा हुन सक्छ, त्यसैले विशेष योजनालाई गोप्य राख्नु उत्तम हुनेछ।