मेघगर्जन र चट्याङ्गसहित बर्षा, हिमपात र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

मेघगर्जन र चट्याङ्गसहित बर्षा, हिमपात र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • मेघगर्जन र चट्याङ्गसहित बर्षा, हिमपात र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। 

    images
    images

    हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग हल्का वर्षा भइरहेको छ।

    बिहीबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्गसहित वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको क्षेत्रमा  जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय