अर्थतन्त्रको आकारमा सुधार भए पनि कृषि क्षेत्रको बृद्धिदर ३.२८ प्रतिशत मात्रै

अर्थतन्त्रको आकारमा सुधार भए पनि कृषि क्षेत्रको बृद्धिदर ३.२८ प्रतिशत मात्रै

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • images
    images
    अर्थतन्त्रको आकारमा सुधार भए पनि कृषि क्षेत्रको बृद्धिदर ३.२८ प्रतिशत मात्रै
    images
    images

    काठमाडौँ /  राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधु सुदन बुर्लाकोटीले अर्थतन्त्रको आकारमा सुधार हुनका साथै आर्थिक वृद्धिदर बढ्दै गएको बताएका छन् ।

    बुधबार नेपालको आर्थिक वृद्धि सम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा उनले अर्थतन्त्रको आकारमा सुधार भएको बताएका हुन् । 

    कोभिडपछि घट्दै गएको आर्थिक वृद्धिदर उकालो लागिरहेको दावी गर्दै बुर्लाकोटीले भने,  विस्तारै सुधार हुदैँ गएको छ । गत वर्ष अर्थतन्त्रका केही क्षेत्रहरूमा नकारात्मक वृद्धिदर देखिएको थियो भने यस वर्ष ती क्षेत्रहरू सकारात्मक हुदैँ गएको छ । यसले निरन्तरता लिदै जाने छ ।”

    उनले तथ्याङ्क हेर्दा कृषिको क्षेत्र थोरै कमजोर भएको र कृषिको वृद्धिदर विगतको भन्दा थोरै घटेको जस्तो देखिए पनि गैर कृषि क्षेत्र बढ्दै गएको बताए । चालु आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। 

    राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार यस्तो प्रक्षेपण गरिएको हो।

    त्यसैगरी, गैर–कृषि क्षेत्रमा भने ४.२८ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ। 

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत तथा गैर-कृषि क्षेत्रको ३.३६ प्रतिशत रहेको संशोधित अनुमान गरिएको थियो। आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैर(कृषि क्षेत्रको वृद्धि १.९८ प्रतिशत रहेको थियो।

    तथ्याङ्कअनुसार, चालु वर्षमा प्राथमिक औद्योगिक क्षेत्रको वृद्धिदर ३.२५ प्रतिशत, द्वितीय औद्योगिक क्षेत्रको ४.६५ प्रतिशत र सेवा क्षेत्रको ४.२१ प्रतिशत हुने अनुमान गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com