सुरक्षा पन्तलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भने - राती चारवटा स्याल कराउँदा वनै घन्किए जस्तो हुन्छ

सुरक्षा पन्तलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भने - राती चारवटा स्याल कराउँदा वनै घन्किए जस्तो हुन्छ

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • images
    images
    सुरक्षा पन्तलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले भने - राती चारवटा स्याल कराउँदा वनै घन्किए जस्तो हुन्छ
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । 

    बुधबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र हरेक कुरामा नकारात्मकता देख्ने गरेको बताएका हुन् । 

    उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे ।

    “रातीमा चारवटा स्याल कराउँदा वनै घन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,” उनले भने, “त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङग्रो बजाउनुपरेको छ । यो काममा तपाईंहरू लाग्नुहोला ।” 

    राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट पारे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com