सरकार र शिक्षकबीचको वार्ताबारे के भन्छन् शिक्षामन्त्री पन्त ?

सरकार र शिक्षकबीचको वार्ताबारे के भन्छन् शिक्षामन्त्री पन्त ?

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • images
    images
    सरकार र शिक्षकबीचको वार्ताबारे के भन्छन् शिक्षामन्त्री पन्त ?
    images
    images

    काठमाडौँ / शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । 

    मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।  

    उनले भने, ‘हाम्रो  छलफल जारी छ ।  अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । छिटो भन्दा छिटो यो सहमति टुंग्याएर अगाडि बढ्ने  हाम्रो  प्रयत्न छ ।  हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले  विश्वास लिएको छु । हामी शिक्षकहरूसँग वार्तामा छौं । त्यो वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ ।  सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउने छौं  सरकारको तर्फबाट।’

    साथै उनले छिटो भन्दा छिटो यो शिक्षकहरूको मागलाई टुंग्याएर सरिकार अगाडि बढ्ने  प्रयत्न गरिरहेको बताए  । उनले साझा सहमतिका आधारमा शिक्षकहरुको माग टुंग्याउने बताए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com