भन्सार विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित

भन्सार विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • भन्सार विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित

    काठमाडौँ / ‘भन्सार विधेयक, २०८१’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। सभाको मङ्गलबारको बैठकमा उक्त विधेयक पारित गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव पेस गरेका थिए । उक्त विधेयकलाई सांसदहरूको बहुमतले समर्थन गरी पारित गरेका हुन्।

    images
    images

    विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार प्रणालीमा देखिएका बेथिति, अनियमितता र राजश्व चुहावट रोक्न नयाँ विधेयक आवश्यक भएको बताए । 

    उनले भन्सार नाकाहरूमा व्यापारिक सहजता, पारदर्शिता र राजश्व सुरक्षाका लागि यो विधेयक ल्याइएको स्पष्ट पारे । 

    व्यापारीहरू अनावश्यक पीडामा नपर्नु र भन्सारलाई आधुनिक उपकरण तथा स्रोत साधनले सुसज्जित बनाउने दिशामा समेत विधेयक केन्द्रित रहेको उनको भनाइ थियो।

    “भन्सार विन्दुहरूमा अनियमितता हटाउने, राजश्व चुहावट रोक्ने र व्यापारीलाई सहज वातावरण दिने उद्देश्यले विधेयक ल्याइएको हो,” मन्त्री पौडेलले भने, “माननीय सांसदहरूबाट प्राप्त सुझावले विधेयकलाई थप समृद्ध बनाउन सहयोग पुग्नेछ।”

    मन्त्री पौडेलका अनुसार, यो विधेयक कानुनी रूप लिएपछि राजश्व चुहावटमा कमी आउनेछ र भन्सार प्रणाली थप सहज, प्रभावकारी र पारदर्शी बन्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय