काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक १५.०८ अङ्कले घटेर २६३१.९८ को विन्दुमा झरेको हो ।
यो ०.५७ प्रतिशतको गिरावट हो । सोमबार नेप्से परिसूचक १४.५३ अङ्कले घटेर २६४७.७ विन्दुमा झरेको थियो। आज सेन्सेटिभ इन्डेक्स १.९३ अङ्क, फ्लोट इण्डेक्स ०.७८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अङ्कले घटेको छ ।
कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा सोमबार घटेको छ ।
सोमबार ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएकोमा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
आज ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री भएको छ ।
आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै वित्त समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ । बैङ्किङ ०.५७, विकास बैङ्क ०.९०, होटल तथा पर्यटन ०.२०, लगानी ०.८३ र जीवन बिमा समूह ०.५४ प्रतिशतले घटेको छ ।
त्यसैगरी उत्पादन तथा प्रशोधन ०.३४, लघुवित्त ०.७८, निर्जीवन बिमा ०.३२, व्यापार ०.५१ र अन्य समूह ०.७५ प्रतिशतले घटेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ता छन् । यो कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको हो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको ८२ करोड ४३ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता सेयर खरिद बिक्री भएको छ ।