सई खिम बहादुर खड्का घुससहित नियन्त्रणमा

सई खिम बहादुर खड्का घुससहित नियन्त्रणमा

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • सई खिम बहादुर खड्का घुससहित नियन्त्रणमा

    रुपन्देही / रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का घुस लिएको आरोपमा नियन्त्रणमा परेका छन्।

    images
    images

     भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले खड्कालाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो।

    आयोगका अनुसार सई खड्काले सेवाग्राहीसँग रु. ३०,००० (तीस हजार रुपैयाँ) घुस माग गरी लिएको पुष्टी भएको छ। अनुसन्धानपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु। ३०,००० कायम गरी मुद्दा दायर गरिएको हो।

    उनलाई उक्त ऐनको दफा ३ को उपदफा (१) अनुसार कैद सजाय र बिगोबमोजिम जरिवाना गरि सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय