कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • images
    images
    कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग
    images
    images

    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरेकी छन् । 

    सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताइन् । 

    बैठकको विशेष समयमा उनले भने, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ। राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।” 

    सांसद महेन्द्र राय यादवले शिक्षकहरूका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाए । 

    उनले भने, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उनले जोड दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com