कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। 

    images
    images

    हाल सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    मङ्गलबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी  भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

    कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बुधबार राति कोशी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    वर्षा र हिमपातको सम्भावना पनि रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय