नेप्से परिसूचकसँगै कारोबार रकममा उच्च गिरावट, सर्वाधिक बढी कसले गुमाए ?

नेप्से परिसूचकसँगै कारोबार रकममा उच्च गिरावट, सर्वाधिक बढी कसले गुमाए ?

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • images
    images
    नेप्से परिसूचकसँगै कारोबार रकममा उच्च गिरावट, सर्वाधिक बढी कसले गुमाए ?
    images
    images

    काठमाडौँ /  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १४.५३ अङ्कले घटेर २६४७.७ विन्दुमा कायम भएको हो ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.५९ अङ्क, फ्लोट इण्डेक्स १.०१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्कले घटेको छ । 
    कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा सोमबार घटेको छ ।
    आइतबार पौने १ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार  ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

    आज ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर ७६ हजार ९९८ पटक खरिद बिक्री भए । आजको कारोबारमा वित्त समूह १.४० र व्यापार समूह ०.४२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । 

    सबैभन्दा धेरै लगानी समूहको उपसूचक २.१४ प्रतिशतले घटेको हो । 

    यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर १० प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ । 
    यसैगरी, मध्य भोटेकोशी जलविद्यु कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ६.९७ प्रतिशततले बढेको छ । 

    आज सर्वाधिक बढी गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरू रहेका छन् । यो कम्पनीको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको हो । 

    सोमबारको कारोबार रकममा ङादी ग्रुप पावरको हिस्सा सर्वाधिक बढी रहेको छ । यो कम्पनीको आज ७० करोड ९४  लाख ७१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com