बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावा, यी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावा, यी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • images
    images
    बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावा, यी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ / सोमबार देशको पूर्वी भागमा वर्षा हुने सम्भावना देखिएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ ।

    यसका साथै नेपालको मौसमी प्रणालीमा बंगालको खाडीबाट भित्रिए जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले बताएको छ ।

    सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकीका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com