आज वि.सं. २०८२ साल वैशाख १५ गते, सोमबार, इस्वी सन् २०२५ अप्रिल २८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख शुक्लपक्ष, प्रतिपदा तिथी, भरुणी नक्षत्र, आनन्दादिमा–चर योग, चन्द्रराशि–मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार, सेयर बजार र उद्योगमा नाफा कमाउन अनुकूल समय आएको छ। लगानीको वातावरण विस्तार हुँदैछ। सामाजिक सञ्जाल र प्रविधिको उपयोगले व्यवसाय प्रवर्द्धनमा मद्दत पुग्नेछ। नयाँ प्रस्ताव र अवसरहरू प्राप्त भई मिहिनेतले मानसम्मान बढ्नेछ। बुद्धिको सदुपयोगले विद्या, धन र प्रतिष्ठा आर्जन सम्भव छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक क्षेत्रमा खर्च बढ्ने र आम्दानीमा चुनौती आउनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति देखिन्छ। कर्जा र सरसापटको माध्यमबाट आवश्यक साधन जुटाउनुपर्नेछ। योजनाबद्ध कार्यद्वारा मात्र सफलता सम्भव हुनेछ। विदेशी वस्तुको व्यापार फस्टाउने संकेत छ भने तत्काल फाइदाबाट अरूसँग लाभ बाँड्नुपर्ने परिस्थिति आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। आम्दानी बढ्नाले भौतिक साधन जुट्ने र उत्साह जाग्नेछ। रोकिएका कामहरू अघि बढ्नेछन् भने दिगो फाइदाका नयाँ स्रोतहरू फेला पर्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। जिम्मेवारी बढे पनि मिहिनेतले लक्ष्य पूरा हुन सक्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसाय फस्टाउँदा आम्दानीका बाटा फराकिला हुनेछन्। मिहिनेतले आयआर्जन बढ्नेछ र प्रतिष्ठा कमाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। प्रयास र इच्छाशक्तिले लक्ष्य पूरा गर्न सकिनेछ। प्रतीक्षित उपलब्धि प्राप्त भई आर्थिक समृद्धि तर्फ अघि बढ्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक व्यवसाय फस्टाउनेछ तर आर्थिक लक्ष्य हासिल गर्न बढी श्रम गर्नुपर्नेछ। भौतिक साधन जुटाउन सकिनेछ भने अवसर र व्यवधानसँग जुझ्दै कर्ममा अघि बढ्नुपर्नेछ। उपलब्धि ढिलो भएर आउनेछ। मेहनतको प्रतिफल कहिलेकाहीँ अरूलाई सुम्पनुपर्ने स्थिति आउनेछ। समय व्यवस्थापनमा ख्याल गर्नु जरुरी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिट्ठा वा आकस्मिक लाभको सम्भावना रहेको छ। व्यापार व्यवसायमा फाइदा हुनेछ भने व्यावसायिक यात्राबाट नयाँ अवसर हात लाग्नेछ। आम्दानी रोकिए पनि प्रयत्नले पदीय जिम्मेवारी पाउन सकिनेछ। योजना स्थगन हुन सक्छ, तर शुभचिन्तकको सहयोगले अघि बढ्न सकिनेछ। स्वास्थ्य र गोपनीयतामा ख्याल गर्नु आवश्यक छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यावसायिक यात्रा र साझेदारी व्यापारबाट राम्रो आम्दानी हुनेछ। स्थायी सम्पत्तिको सदुपयोग भई नाफामूलक कामबाट फाइदा उठाउन सकिनेछ। सेवामूलक कामबाट नाम र मानसम्मान पनि बढ्नेछ। समय लागे पनि मिहिनेतले उपलब्धि दिलाउनेछ। विगतका कमजोरी सुधार हुँदै आर्थिक प्रगति सम्भव हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार, सेयर बजार र उद्योगबाट आम्दानी बढ्नेछ। परिजनहरूको सहयोगले बिग्रेका काम बन्नेछन् भने आर्थिक स्रोत जुट्नाले नयाँ अवसर प्राप्त हुनेछ। मिहिनेत र आँटले प्रतिस्पर्धामा जित हासिल हुनेछ। दिगो फाइदाका काममा जग बसाउन सकिनेछ। समस्या र शत्रु पन्छाउँदै भविष्य सुरक्षित गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा र आम्दानीका स्रोत साँघुरिनेछन्। प्रतिस्पर्धीलाई उछिन्दै अवसर पाउन सकिनेछ तर लक्ष्य प्राप्तिमा ढिलासुस्ती हुनेछ। मेहनतले रोकिएका काम बन्ने र आर्थिक पक्ष बलियो हुने सम्भावना छ। संघर्ष र गोपनीयताका साथ अघि बढेमा दीर्घकालीन लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन, खाद्यान्न र अन्य क्षेत्रको व्यापारबाट लाभ हुनेछ। परिवारसँग समय बिताएर नयाँ कार्यमा हौसला बढ्नेछ। लामो यात्रा गर्दा सतर्कता अपनाउनुहोस्। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन् र आकस्मिक धनलाभको सम्भावना छ। तर, हतारको निर्णयले समस्यामा पार्न सक्छ र साथीभाइसँग असमझदारी हुन सक्छ, त्यसैले सजग रहनु आवश्यक छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्त्वकाङ्क्षी योजनाहरू सार्वजनिक गर्दा आर्थिक स्थिति बलियो हुनेछ। लेखन कलामा नाम कमाउन सकिनेछ भने मेहनतले लक्ष्य प्राप्ति सजिलो बनाउनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् र प्रतिस्पर्धी पछि हट्नेछन्। नयाँ योजनाहरू अघि बढाउँदा सोचविचार गर्नु आवश्यक छ। मिहिनेतले भविष्य उज्जवल बनाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक रोजगारमा सफलता मिल्नेछ, तर फजुल खर्चबाट बच्न आवश्यक छ। व्यापारमा नयाँ निर्णयहरूबाट जोगिनुहोस् र सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। पैसाको कारोबार गर्दा ध्यान दिनुहोस् र सापटी लिने वा अनावश्यक खर्चबाट बच्नुहोस्। लगानीमा समय कुर्नु नै राम्रो हुनेछ, र स्वास्थ्यमा ख्याल गर्नु जरुरी छ।