आइतबारको राशिफल : आज मातातिर्थ औँशी, तपाईँको समय कस्तो रहला ?

आइतबारको राशिफल : आज मातातिर्थ औँशी, तपाईँको समय कस्तो रहला ?

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • images
    images
    आइतबारको राशिफल : आज मातातिर्थ औँशी, तपाईँको समय कस्तो रहला ?
    images
    images

    वि.सं.२०८२ साल वैशाख १४ गते, आइतबार, इस्वी सन् २०२५ अप्रिल २७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, वसन्त ऋतु, श्रीशाके १९४७, वैशाख कृष्णपक्ष, औशी तिथी, आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३४ मिनेट। दिनमान ३२ घडी ४१ पला ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    व्यवसाय फस्टाउँदै जानेछ र लगानीका नयाँ अवसरहरू सिर्जना हुनेछन्। बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी हुने सम्भावना छ। विगतको सफलताले नयाँ काममा हौसला प्रदान गर्नेछ। नयाँ प्रस्तावहरूबाट मनग्ये धन आर्जनको अवसर मिल्नेछ। परिस्थितिअनुसार सतर्कता अपनाउँदा आर्थिक प्रगति सम्भव हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    विदेशी व्यापार तथा वैदेशिक श्रमबाट आर्थिक लाभ मिल्नेछ। लगानी बढाउन अनुकूल समय रहेको छ। घरखर्च बढ्न सक्ने भएकाले खर्चमा सावधानी आवश्यक छ। प्रयत्न गर्दा लामो दूरीको यात्रा र नयाँ अवसर प्राप्त हुनेछ। बनिसकेको काम बिग्रन नदिन होसियारी अपनाउँदा आर्थिक स्थायित्व कायम रहन सक्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    लगनशीलताले मनग्ये धन आर्जनको अवसर मिल्नेछ। थोरै लगानीबाट राम्रो नाफा हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सम्बन्धले व्यवसायमा नयाँ लगानीको बाटो खोल्नेछ। स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा सम्भव छ। प्रतीक्षित सफलताले थप अवसरहरू दिलाउनेछ र भौतिक सुविधा जुट्ने योग बलियो देखिन्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट आर्थिक लाभ मिल्नेछ। व्यापारमा राम्रो नाफा हुनेछ भने प्रतिष्ठित कामबाट दाम र सम्मान आर्जन गर्ने अवसर आउनेछ। साथीभाइ र आफन्तको सहयोगले आम्दानीमा वृद्धि हुनेछ। खर्च बढे पनि इच्छाशक्ति र प्रयासले मनग्ये धन आर्जन सम्भव हुनेछ। समयको सदुपयोग गर्दा थप अवसर पाइनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यवसायमा खर्च बढ्नेछ, तर विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले लाभ मिल्नेछ। सानो प्रयत्नले दीगो आर्थिक अवसर हात लाग्न सक्छ। भौतिक साधन जुटाउन फजुल खर्चबाट बच्न जरुरी छ। स्वास्थ्य समस्या भए पनि आंशिक आर्थिक सफलता सम्भव छ। सही योजना र प्रयासले भविष्यमा स्थायित्व आउने संकेत छन्।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नसोचेको धन तथा सम्पत्ति प्राप्ति हुने योग छ। व्यापारमा उल्लेख्य वृद्धि भई आम्दानी बढ्नेछ। सहयोगीहरूको समर्थनले आर्थिक कामहरू सफल बन्न सक्छन्। लामो दूरीको यात्राबाट पनि फाइदा हुने सम्भावना छ। स्वास्थ्य र अस्थिर परिस्थितिका कारण केही चुनौती आउन सक्छ, तर धैर्यताले लाभ सुनिश्चित हुनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    साझेदारी तथा एकल व्यापारबाट राम्रो लाभ मिल्नेछ। व्यावसायिक विस्तारका लागि यात्रा हुने सम्भावना छ। मेहनतको पूर्ण फल प्राप्त भई आयआर्जनमा वृद्धि हुनेछ। तार्किक क्षमता र वाणीको निखारले आर्थिक अवसर थप बढ्नेछन्। भौतिक साधन जुट्ने र नयाँ आम्दानीका स्रोतहरू सुरु गर्ने अनुकूल समय रहला।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    व्यापार व्यवसायमा वृद्धि हुनेछ र आय आर्जनका स्रोतहरू बढ्नेछन्। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ र कामबाट दिगो फाइदा मिल्नेछ। सरकारी सप्लाई व्यवसायमा मनग्गे आम्दानी हुनेछ। शारीरिक र मानसिक समस्याहरू सामना गर्नुपर्नेछ भने, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। सम्झौताबाट प्रतिष्ठा र अधिकार जोगाउन सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापारमा गिरावट आउन सक्ने भएकाले दैनिक गुजारा कठिन हुनेछ। प्रतिस्पर्धीहरूको अवरोधले आर्थिक फाइदा रोक्न सक्छ। सन्तान र परिवारको समर्थन नगर्ने समय छ, तर आमा र आफन्तसँगको भेटमा सुख मिल्नेछ। स्वास्थ्य समस्या र मानसिक कमजोरीले काममा प्रभाव पार्न सक्छ, तर मातृशक्तिको सहयोगले आर्थिक उन्नति सम्भव हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यस्थलमा अधिकारीहरूबाट आश्वासन पाइनेछ र सफलता मिल्नेछ। पारिवारिक सहयोगले राम्रा काम गर्न मद्दत पुर्याउनेछ भने, घरजग्गा र सवारी साधनमा लाभ प्राप्त हुनेछ। शेयर बजार र वित्तीय क्षेत्रका लगानीबाट आम्दानी हुनेछ। परिवारजनसँग असमझदारी आउन सक्ने भए पनि महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    नयाँ व्यापार र उद्योग सुरु गर्न अनुकूल समय आएको छ। साथीभाइको सहयोगले व्यापारमा मनग्गे धनलाभ हुनेछ। रोकिएका काम पुनः सुरु भई आर्थिक पक्ष सबल हुनेछ। कृषिक्षेत्रमा अलि बढी लगानी र परिश्रम आवश्यक पर्ला। सन्तान र परिवारको सहयोगले आयस्रोत बढ्नेछ। धर्मकर्मप्रति रुचि बढ्दै मन प्रफुल्ल रहनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    काममा रोकावट र व्यापारमा न्यून लाभको सम्भावना छ। लगानी गरे पनि आम्दानी थोरै रहनेछ। बोलीको गलत अर्थ लाग्नाले लेनदेनमा विवाद बढ्न सक्छ। विगतको श्रमबाट आंशिक लाभ मिल्नेछ। सरकारी वा वित्तीय संस्थाबाट सानो फाइदा मिल्न सक्छ। आफन्तसँग भेटघाटले मन भने हलुका हुनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com